मंगलबार १० जेठ २०७९

काठमाडौँ । वैज्ञानिक रुपमा पनि बढी अक्सीजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ ।तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यतासमेत छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्यसमेत वैज्ञानिक रुपमा पुष्टि भएको छ ।

विज्ञानले पनि निकै राम्रो वनस्पतिका रुपमा ब्याख्या गरेको तुलसीलाई राति सुत्ने समयमा सिरानी मुनि राखेमा जोकोहीको जीवनमा समेत परिवर्तन आउने विश्वास गरिन्छ । रातको समय सिरानी मुनि राखेको पाँच पातले दिनभरको तनावलाई हटाउँछ । यसको साथै दिमागले पनि शान्त भएर काम गर्छ ।

चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट पूजा आराधनासहित चतुर्मासा व्रतको उद्यापन गरिन्छ ।तुलसी एक धेरै असरदार औषधी हो जसका कैयौँ फाइदाहरु छन् ।

जानकारहरुका अनुसार तुलसीको पातले छाला सम्बन्धि समस्या पनि कम गर्छ । अनुहारमा भएको खिल निकालेर धेरै चमक दिन्छ । तुलसीको फुल र पातले महिलालाई हुने महिनावारी गडबडीको समस्या पनि हटाउने गरेका कारण समाजयमा यसको प्रयोग ब्यापक रुपमा भएको पाइन्छ ।

media95times

 

 

 

१९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया