Tuesday, January 19

नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु, ५२५ कोरोना संक्रमित थपिए, उपत्यकामा १२७ थपिए

August 13, 2020 131

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२७ जनासहित नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरि ९ हजार ५ सय ५९ जनाको परीक्षणमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । काठमाडौं जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा गरि उपत्यकामा १२७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको मन्त्रालयले बताएको छ ।

हाल देशभर ८ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् भने क्वारेन्टिनमा १४ हजार ७६९ जना रहेका छन् । त्यस्तै कोरोना संक्रमणबाट नेपालमा थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्