Friday, October 23

कोरोनाको महामारिमा फेरी अर्को स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु

August 13, 2020 312

बैतडी, २९ साउन – स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृ-त्यु भएको छ । मृ-त्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन् । पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दैगर्दा बाटोमै मृ-त्यु भएको हो ।

स्क्रब टाइफसबाट सङ्क्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मङ्गलबार धनगढीको सारथी अस्पताल पु¥याइएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर लग्दैगर्दा बुधबार अपराह्न चिसापानीमा बालिकाको मृ-त्यु भएको पूजाका फुपाजु शङ्करदत्त भट्टले बताउनुभयो । मृ-त-क पूजाका बुबा रोजगारीको सिलसिलामा विदेश रहेका छन् । उनलाई उपचारका लागि आमा र हजुरबुबाले धनगढी पु¥याएका थिए ।(रासस)

यो पनि -यी चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, २९ साउन । जल तथा मौसम विज्ञान विभागले आज विहान (अहिले) हाल देशभर सामान्य बदलीको अवस्था रहेको बताएको छ । प्रदेश–१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा पानी परिरहेको छ ।

विभागले आज दिउँसो गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज (बिहीबार) राति देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । विभागले प्रदेश–१, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

भोलिदेखि पानी कम पर्ने मौसमविद्ले बताएका छन् । मनसुन चलिरहेकाले कतैरकतै पानी परे पनि भोलिदेखि लगातार झरीको सम्भावना कतै पनि नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् वरुण पौडेलकाअनुसार दिउँसो धेरै ठाउँमा चर्को घाम लागे पनि केही ठाउँमा भने पानी पर्ने सम्भावना छ । तर मनसुन चलिरहेकाले बेलुकादेखि बिहानसम्म केही ठाउँमा पानी पर्ने छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । भारी वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै सतर्क हुन विभागले आग्रह गरेको छ ।

FacebookTwitterEmailFacebook MessengerWhatsAppViberSMSShare

प्रतिकृया दिनुहोस्