Monday, January 25

भगवानले हाम्रो परिवारका अगाडी फेरी अर्को परिक्षा लिए, सञ्जुका लागि सबैको प्राथनाको खाँचो छ : पत्नि मान्यता

August 13, 2020 206

एजेन्सी । भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भए लगत्तै पत्नि मान्यता बोलेकी छिन् । लकडाउनका कारण दुबईमा फसेकी मान्यताले सञ्जय दत्त चाँडै निको हुन् भनेर प्रार्थना गर्नका लागि आग्रह गरेकी छिन् ।

पत्नि मान्यताले जारी गरेको आफ्नो बयानमा उनले भनेकी छिन् ‘म सञ्जुका प्रशंसकलाई यो आग्रह गर्न चाहन्छु कि तपाईंहरु कुनै पनि अफवाह र अड्कलबाजीमा नफस्नुहोस् ।

संजय पत्नि मान्यताले आफ्नो बयानमा भनेकी छिन् भगवान्ले यतिबेला हामो परीक्षा लिने निर्णय गरेको छ, र यो चुनौती पनि हामीले पार गर्नेछौँ, तर त्यसका लागि तपाईंको आशिर्वाद र प्रार्थनाको आवश्यकता छ ।

संजयको फोक्सोमा तेस्रो स्टेजको क्यान्सर देखिएपछि संजयले सामाजिक संजालबाट काममा केही समय ब्रेक लिन लागेको उल्लेख गरेका थिए

 

Sanjay Dutt With H0t WIFE Manyata Dutt Ganesh Aarti | Ganesh ...

प्रतिकृया दिनुहोस्