Tuesday, October 20

गोंगबु घटनामा प्रहरीलाई अर्कोपनि सबुत! छोरीसंगको अबैध सम्बन्धको नाम दिएर नतिरेको खुलासा

August 13, 2020 101

काठमाडौं, साउन २८ । केटोलाई आमाले नपुगेर लुकिछिपी छोरी ताक्ने, आमाचाहिँ ट्याक्सी चढेर डुलिरहने ! ५० लाखको हिसाब पनि छोरीसँगको सम्बन्धका नाममा तिर्न नखोज्ने भएपछि मान्छे काटेर फ्याँक्ने ! टोखा– १०, गोंगबुस्थित नवज्योति मार्गको विभत्स हत्याकाण्डको मूल कारण हो यो ।

आइतबार (साउन २५) बिहान नवज्योति मार्गमै दाङका कृष्णबहादुर बोहोराको शवको ९० प्रतिशत भाग सुटकेशमा पेला परेको थियो भने टाउको र खुट्टाचाहिँ ३ सय मीटर पूर्वोउत्तरस्थित स्वर्गद्वारी मार्गको खाली ठाउँमा भेटियो ।

अघिल्लो रात कृष्णबहादुरलाई आफ्नै डेरामा काटकुट पारी झोलामा पोको पार्ने महिला कल्पना मुडभरी ९पौडेल० र उनकी १६ वर्षिया छोरी भने त्यही दिन एउटा एम्बुलेन्स चढेर चितवनतिर भागे ।

राति रुस्लान भोड्कामा सितनस्वरूप मासु र दहीच्युरामात्रै खुवाइनन्, पाँचवटा स्लिपिङ ट्याब्लेट पनि हालिदिइन् । कृष्णबहादुरले होस गुमाए, नगुमाएको पत्ता लगाउन हम्मरले अण्डकोषमा बेस्सरी हिर्काइन् । तर, चालचुल नभएपछि घाँटी र खुट्टा रेटेर एकातिर, बाँकी शरीर अर्कातिर पोको पारिन् ।

५० लाख रकम पटक–पटक ताकेता गर्दा पनि कल्पनाले फिर्ता गरिनन् । अरू–अरूको नामका चेक दिँदै टार्दै रहिन् । कृष्णबहादुर पैसा साट्न बैंक जान्थे तर अकाउण्टमा पैसा नभएका कारण घण्टौं लाइनमा बसेर फर्किन्थे । यही निहुँमा उनीहरूबीच केही महिनादेखि झगडा बढ्दै थियो ।
पछिल्ला दिनमा पैसा र छोरीको कुरालाई लिएर कृष्णबहादुरसँग झगडा पर्ने गरेको बयान कल्पनाले प्रहरीलाई दिएकी छन् ।

सोमबार पक्राउ पर्नासाथ कृष्णबहादुरले छोरीलाई बलात्कार गर्न खोजेका कारण हत्या गरेको बताएकी उनले हिजो मंगलबारदेखि बयान फेरेकी छन् । उनको पहिलो बयान घटनासँग बाझ्नेखालको थियो ।

किनभने, उनले स्लिपिङ ट्याबलेट, मान्छे अटाउने सुटकेश किनेकी छन्, हातखुट्टा बाँध्न प्लाष्टिकको झोला किनिन्, हम्मर र चक्कु राखिएको छ । यस्तो घटना भवितव्य नभई योजनाबद्ध भएको प्रहरीको दाबीपछि बल्ल कुरा खोलिन्, ५० लाखको । कल्पनाले कृष्णबहादुरसँग पटक पटक गरेर ५० लाख रूपैयाँ लिएकी थिइन् ।

उक्त रकम आफ्नो पार्टनरको भएका कारण छिट्टै फर्काउनुपर्ने दबाब थियो । पटक–पटक ताकेता गर्दा पनि कल्पनाले रकम फिर्ता गरिनन् । बरु, अरू–अरूको नामका चेक दिँदै टार्दै रहिन् । कृष्णबहादुर पैसा साट्न बैंक जान्थे तर अकाउण्टमा पैसा नभएका कारण घण्टौं लाइनमा बसेर फर्किन्थे । यही निहुँमा उनीहरूबीच केही महिनादेखि झगडा बढ्दै थियो ।

यसपछि कल्पनासँग नियमित शारीरिक सम्पर्कमा रहेका कृष्णबहादुरले छोरीतिर पनि मन डुलाउन खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आमा धेरैजसो बाहिरबाहिरै हुने, कृष्णबहादुरचाहिँ काम सकेपछि गोंगबुतिरै हुने । कोठामा हेर्थे, आमा–छोरीमध्ये जो भए पनि पुगिहाल्थे । छोरीमाथि गलत नियतले सम्बन्ध राख्न खोजेपछि उनी प्रतिवाद गर्थिन् । राति आमा आएपछि छोरीले सुनाउने गरेकी थिइन् ।

यसपछि कल्पनाले पैसा नतिर्ने, बरु बलात्कार मुद्दा हाल्ने भन्दै आएकी थिइन् । प्रहरीले कृष्णबहादुर र कल्पनाबीच लेनदेनसम्बन्धी कागजात पनि बरामद गरेको छ ।पक्राउ परेका एम्बुलेन्स ड्राइभरले कल्पनासँगको सम्बन्ध स्विकारेका छन् । तर, घटनामा संलग्नताबारे स्विकारेका छैनन् ।(जन आस्था साप्ताहिकबाट)

 

प्रतिकृया दिनुहोस्