मंगलबार १४ मंसिर २०७८

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बोर्ड गठन भएको छ। बालुवाटारमा जारी दलको बैठकले २४ जना सदस्य रहने गरी बोर्ड गठन गर्ने निर्णय गरेको हो।

बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाएको छ। विधान संशोधन गर्न कार्यदल गठन गरिने भएको छ। कार्यदलमा विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौड्याल रहेका छन्। बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरू भने अनुपस्थित छन्।

खनाल-नेपाल समूहका सांसदहरू नआएपनि ओलीले दुई महत्त्वपूर्ण निर्णय लिएका छन्।

newscastnepal

१७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया