Monday, October 26

प्रहरी देख्ना साथ साढे २४ लाख भारु छोडेर फ’रार

August 12, 2020 128

कपिलवस्तु- कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका १ बाट साउन २८ गते एपिएफ टोलीले २४ लाख ५० हजार भारतीय रुपैयाँ बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल अस्थायी सुरक्षा पोष्ट कुकुर भुकुवाबाट खटिएको एपीएफ टोलीले उक्त रुपैयाँ बरामद गरेको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले एपीएफ टोलीलाई देख्नासाथै झोला छा’डी भागेपछि उक्त झोलामा जाँच गर्दा पाँच सय दरको चार हजार नौ सय भारतीय रुपैयाँ फेला परेको हो।(नेपाल लाईभ बाट)

प्रतिकृया दिनुहोस्