Thursday, October 22

सञ्जयलाई क्या’न्सर भएको थाहा पाएपछि मनिषा कोइरालाले लेखिन् यस्तो भावुक स्टाटस…..

August 12, 2020 54

काठमाडौ । बलिउड अभिनेता सञ्जय दत्तलाई क्या’न्सर भएको खबर थाहा पाएपछि अभिनेत्री मनिषा कोइरालाले पनि दुख ब्यक्त गरेकी छन् । सञ्जयलाई मंगलवार क्या’न्सर पुष्टि भएको थियो । अक्सिजनको मात्रा कमी भएपछि अस्पताल भर्ना भएका सञ्जयलाई फोक्सोमा क्या’न्सर भएको पुष्टि भएपछि उपचारका लाग दुवई लगिएको थियो । तर उनलाई दुवईमा पनि उपचार सम्भव नहुने भएपछि अमेरिका लैजाने तयारी भएको छ ।

बलिउड स्टार सञ्जयलाई क्या’न्सर भएको सूचना सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत् उनको स्वास्थ्य लाभको कामना दिइरहेका छन्। अभिनेत्री मनिषा कोइरालाले पनि ट्वीटमार्फत् सञ्जयका लागि स्वास्थ्यलाभको कामना गरेकी छिन्।

लेखेकी छिन् ‘तिम्रो अस्वस्थताका बारेमा सुनेको खबर निकै दुखद् छ बाबा। तर, तिमी कति बलियो छौ मलाई थाहा छ। जिन्दगीमा धेरै संघर्ष गरेका छौं, अप्ठ्याराहरूलाई पार लगाएका छौ। यो अवस्थालाई पनि जित्न सक्छौ। म तिम्रो स्वास्थ्य लाभको कामना गर्दछु।’

मनिषा स्वयंले पनि क्या’न्सर जितेकी हुन् । यसैबीच सन् २०१८ मा सार्वजनिक फिल्म ‘सञ्जु’मा अभिनय गरिन्। फिल्म सञ्जय दत्तको जीवनमा आधारित थियो। उक्त फिल्ममा सञ्जयकी आमा नरगिसको भूमिकामा देखिएकी थिइन्। सञ्जयका रुपमा रणवीर कपुर प्रस्तुत छन्। नरगिस र नरगिस बनेकी मनिषा अर्थात् सञ्जयका रील र रीयल आमा दुवैलाई पाठेघरको क्या’न्सर भएको हो।

 

प्रतिकृया दिनुहोस्