Wednesday, October 21

पत्रकार बलराम बानियाँलाई यसरी बगाएको थियो बागमतीले [ भिडियो हेर्नुहोस् ]

August 12, 2020 221

काठमाडौं / कान्तिपुर दैनिकमा कार्यरत पत्रकार बलराम बानियाँ मृ’त फेला परेका छन् । साउन २६ (सोमवार) गते ढुंगेअड्डा तीनथानबाट हराएका बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत परियोजना क्षेत्रमा फेला परेको हो ।

सोमवार बानियाँ घर जाने क्रममा बल्खु खोलाको पुलमुनितर्फ लागेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बानियाँको श’व भेटिएको पुष्टि गरे ।

सोमवारदेखि हराएका बानियाँको खोजी गरिदिन परिवारले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए । खोजीका क्रममा बल्खुमा उनको जुत्ता फेला परेको थियो ।

स्थानीयका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा हिलोमा अड्किएको र खोलाको पानीमा लडेका थिए । पानीको बढ्दो बहाबले गर्दा स्थानीयले उ’द्धार गर्न खोज्दा पनि सफल भएका थिएनन् ।

 

प्रतिकृया दिनुहोस्