बुधबार ०९ आषाढ २०७८

काँग्रेस नेता तथा पुर्व मन्त्री नविन्द्रराज जोशीलाई म’ष्तिष्कघा’त भएको छ । उनको २२ दिनदेखि काठमाडौँको थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । म’ष्तिष्कघा’त भई उपचार गराइरहेका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था ग’म्भीर रहेको छ ।

हाल भे’न्टिलेटरमा राखेर उनको उपचार जारी राखिएको छ । उनको आमा भने अस्पतालको बाहिर बसेर छोराको स्वास्थ्यला’भको कामना गरिरहेकी छिन् ।अध्यारो अनुहार लगाएर आफ्नो छोरा चाडै नि’को होस भनेर कामना गर्दै अस्पतालमा बसेकी आमाको तस्विर देखेर सामाजिक सञ्जालमा बिभिन्न टिप्पणीहरु आइरहेका छन् ।

यो पनि वीरगञ्ज, ५ चैत-जीतपुर सिमरा उपमहानगरपालिका–११ खेस्रौलका किसान परमानन्द चौधरीले अघिल्लो वर्षभन्दा यसवर्ष मकै खेतीको क्षेत्रफल बढाउनु भएको छ । यसको कारण चौधरीलाई खेती सहज लागेर होइन, कृषि अनुसन्धान केन्द्र रानीघाट वीरगन्जले उपलब्ध गराएको मकै रोप्ने नयाँ प्रविधि पाएकाले हो ।

चौधरीले यस वर्ष साढे चार बिघा क्षेत्रफलमा मकै खेती गर्नुभएको छ । उहाँले अघिल्लो वर्ष मेसिनबाट मकै रोप्दा सबै खर्च कटाएर चार लाख ५० हजार मुनाफा कमाएपछि यस वर्ष हौसिएर उहाँले साढे चार बिघा क्षेत्रफलमा मेसिनबाट खेती गर्नुभएको हो । परम्परागत विधिभन्दा मेसिनले रोपेको मकैबाली सप्रिने, राम्रो घोगा र दाना लाग्ने भएपछि त्यसभेगका खेस्रौल, खैरवा, कञ्चनपुर, आँमाटारका १० किसानले यस वर्ष करीब ३० बिघा क्षेत्रफलमा व्यावसायिक रुपमा मकैखेती गरेका छन् ।

त्यस भेगका किसानले डिकाल ९०० एम, मायोनिप ३३५५ र शङ्कर २२४४ जातको मकै लगाएर मेजप्लान्ट भन्ने मेसिनबाट तीन बिघा क्षेत्रफलमा मकैखेती गरेको नीरञ्जन चौधरीले भन्नुभयो, “चारपाङ्ग्रे ट्र्याक्टरबाट खेतमा चलाउन सकिने यो उपकरणले मानिसले भन्दा व्यवस्थित रुपमा लाइनमा मकै रोप्दा बाली सप्रिन्छ ।” एक जना ट्र्याक्टर चालकले मेसिन चलाएर मकै रोपी विषादि छर्न लाग्ने मजदूरबाहेक अन्य मजदूर नलाग्ने, खर्च बचत हुने भएकाले मेसिनबाट मकै रोपिएको उहाँले बताउनुभयो ।

८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया