बिहिबार ०९ बैशाख २०७८

अब नेपालमा भारतीय नम्बर पेलेट को गाडी हरु सुचारु हुने काठमाडौं । नेपाल–भारत सिमानामा नेपाल तर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन चलाउन दिन सिफारिस गरिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले यस्तो सिफारिस गरेको हो । यस्तै, बैठकले नेपाल–भारतबीच यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय भएको सीसीएमसीका सचिव खगराज बरालले जानकारी दिए ।

नेपाल र भारतका १३ वटा रुटमा पूर्ववत रुपमा यातायात सञ्चालनका लागि मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय केन्द्रले गरेको हो । केन्द्रले यात्रीहरुले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टाअगाडिको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने व्यवस्थासहित दुई देशबीच यातायात सञ्चालन गर्न सिफारिस गरिएको हो ।

गत वर्ष चैत ११ गतेदेखि कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि नेपालमा लकडाउन गरिएपछि दुई देशबीच यातायात सञ्चालन पनि बन्द गरिएको थियो

१४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया