बिहिबार ३० बैशाख २०७८

दाइजोको भुंग्रोमा परेकी २३ वर्षीया रेखादेवी ठाकुर अघिल्लो फागुनमा माइत गएकी थिइन्। बुवाआमाले जग्गा बेचेर कसिदिएको लगनगाँठोकै सम्मान खातिर रेखादेवी मन नलाग्दा–नलाग्दै ईशनाथ–५ लक्ष्मीनियास्थित घर फर्किइन्। त्यसपछि बहिनी रेखादेवी फर्केर आइनन्’ उनका दाइ रोशन ठाकुरले भावविह्वल हुँदै सम्झिए,आयो त केवल मृ’त्युको खबर।

आठ महिनाकी गर्भवती रेखादेवीको मृ’त्युको खबर १६ गते साँझ मोतीपुरभरि फैलियो। रेखादेवीको माइती पक्ष दुई किलोमिटर दूरीमा रहेको लक्ष्मीनिया पुगे। तर, उनका पति सञ्जय ठाकुर त्यहाँ देखिएनन्। गाउँलेहरू सञ्जय फरार भएको बताइरहेका थिए। घर प्रहरी घेरामा थियो। सञ्जयका काका देवेन्द्र ठाकुर (तत्कालीन वडाध्यक्ष)ले ‘पावर’ लगाए। माइती पक्षलाई गेटमै रोकियो। राति ८ बजे मात्र श’व रहेको कोठामा जान दिइयो। प्रहरी मुचुल्कामा सही गर्न भनियो।

सञ्जयका बुवा नागेन्द्रले बिजुलीको मेन स्विच अफ गरिदिए। ‘मोबाइलको लाइट बालेर बहिनीको श’व हेर्‍यौं। गालामा हातको डा’म थियो, शरीरभरि नी’लडाम’ रोशनले भने, कपाल लु’छिएको थियो। अनुहार र घाँटी वरपर र’गतका टाटा थिए। अनुहार को’तरिएको थियो अनि खुट्टा पनि अस्वाभाविक बां’गा देखिन्थे।

उनका अनुसार कोठामा फु’टेका चुरा र सामान यत्रतत्र छरिएका थिए। प्रहरी तिनै चुरा टिप्दै थिए। रेखादेवीको श’व ओछ्यानमा थियो। एउटा सल दुई टुक्रा पारेर छोपिएको थियो। रेखाका ससुरालाई उद्धृत गर्दै रोशनले भने,यही सलमा झु’न्डि’एर मरे’की हो। तर न झु’न्डिएको अवस्थामा श’व थियो न त कुनै फोटो देखाइयो। यो खबर आजको अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

 

७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया