आइतबार १२ मंसिर २०७८

नेपालीहरुको दोस्रो महान चाड तिहारको आज अन्तिम दिन अर्थात् भाइटीका । कार्तिक शुक्ल द्वितीया तिथिका दिन भाइटीका मनाइन्छ । आज ११ बजेर २ मिनेटमा भाइटीकाको उत्तम साइत थियो ।

यमपञ्चकको पाँचौं दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरंगी टीका लगाइदिएर उपहार दिने प्रचलन छ ।गएको वर्ष नेपालीहरुको महानपर्व दशै तिहार निकै खल्लो भयो ।

लकडाउनका कारण खुलेर नेपालिहरुले पर्वलाई मनाउन पाएनन् । यसपटक भने नेपाली कलाकारहरुले हर्सोल्लासपुर्वक भाइटीका मनाएका छन् । यमपञ्चकको अन्तिम दिन भगवान सूर्यका छोरा यमराजलाई बहिनी यमुनाले टीका लगाएर दीर्घायुको आशिर्वाद दिएको स्मरणमा भाइटीका मनाउने गरिन्छ ।

दीपकराज गिरी, भोलाराज सापकोटा, सन्दिप क्षेत्री, ऋचा शर्मा, साम्राज्ञी आरएल शाह, जितु नेपाल, निर्मल शर्मा, खगेन्द्र लामिछाने, केकी अधिकारी, नीता ढुंगाना, सारिका घिमिरे, अनु शाह, रुविना थापा लगायतका कलाकारहरुले आफ्ना दाजु-भाई दिदी-बहिनीसँग टीका लगाएका तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

PROMOTED CONTENT

MgidMgid

 

 

 

 

 

 

 

 

 

 

 

PROMOTED CONTENT
Mgid
Mgid

११४ पटक हेरिएको

तपाईको प्रतिक्रिया