काठमाडौं / सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको भन्दै पुनः होटल तथा रेस्टुरेस्ट बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले होटल र रेस्टुरेस्टमा बसेर खान नपाइने निर्णय गरेको हो भने ‘टेक अवे’ सुविधा भने खुला गरेको छ ।
अब होटल र रेस्टुरेस्टबाट सामान प्याक गरेर लैजान मात्र पाइने भएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले १५ साउनदेखि होटल तथा रेस्टुरेस्ट सञ्चालन गर्न अनुमति दिएको थियो ।
सरकारले अत्यावश्यकबाहेकमा कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेला जस्ता सामूहिक जमघटका कार्य निषेध गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, दुई सयभन्दा बढी संक्रमित भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एवं वित्तीय संघ संस्थालगायत प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्र्ने सबै कार्यालयलाई ५० प्रतिशत कर्मचारी आलोपालो गरी उपस्थित हुने र घरबाटै सम्पादन गर्न सकिने तोकिएका कार्यहरू गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ भने विद्युतीय माध्यमबाट सेवा प्रवाहको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।
– शैक्षिक संस्थाहरू अनिश्चितकालीन बन्द– छलफल, गोष्ठी र भेला हुन निषेध– चाडपर्व घरभित्र मात्र मनाउन पाइने– होटल र रेस्टुरेस्ट पुनः बन्द– सरकारी कार्यालयका कर्मचारी ५० प्रतिशत आलोपालो– भदौ मसान्तसम्म अन्तर्राष्ट्रिय उडान रोकियो– १६ साउनसम्म लामो दुरीका यातायात सञ्चालनमा रोक– भारतबाट नेपाल प्रवेश गर्न १० नाका मात्र खुला
यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला
hello pradesh
प्रतिकृया दिनुहोस्