Monday, November 30

रुकुम सोती घटना : नवराज विकसहित ६ परिवारलाई सरकारले १० लाख दिने

August 12, 2020 99

सरकारले पश्चिम रुकुमको सोती घटनामा ज्यान गुमाएकाको परिवारलाईे १०/१० लाख रुपैयाँ सहयोग दिने भएको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मंगलबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्रालको जिम्मेवारी सम्हालेका अर्थमन्त्री डा. युवराज खतिवडाले पश्चिम रुकम सोती घटनामा ज्यान गुमाएकाको प्रति परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग र घाइतेहरुको उपचार गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।गत १० जेठमा भएको सो घटनामा जाजरकोट भेरी नगरपालिका–४ का नवराज विक, सन्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, चौरजहारीका टीकाराम सुनार र भेरी नगरपालिका ११ का गोविन्द शाहीको ज्यान गएको थियो ।

नवराज विक आफ्नी भनिएकी प्रेमिकालाई भगाउन जानेक्रममा भएको आक्रमणमा उनीसहित ६ जनाले ज्यान गुमाउनु परेको थियो ।

 

प्रतिकृया दिनुहोस्