आइतबार १२ मंसिर २०७८

पोखरा- नेपाली चलचित्र क्षेत्रका सुन्दरीहरु विबाह लगत्तै चलचित्र क्षेत्रबाट पलायत हुँदै आएको परिप्रेक्षमा नायिका आचल शर्मा भने विबाहपछि पनि जम्ने संकेत देखाएकी छिन् । उनी नायिका मात्र नभइ अब निर्मात्री बन्ने तयारी गरेकी छन ।

विबाह लगत्तै कोरोना कहर सुरुभएपछि चलचित्रमा काम गर्ने वातावरण नभए पनि म्यूजिक भिडियोमा ब्यस्त बन्दै गइरहेकी आँचलले चलचित्र निर्माण गर्ने तयारीमा छिन् । आँचलले पति डाक्टर उदिप श्रेष्ठसँग मिलेर चलचित्र निर्माण गर्न लागेकी खबर बाहिरिएको छ ।

जसको निर्देशक निर्देशक मिलन चाम्सले गर्ने तयारी उनीहरुले गरेका छन् । चलचित्रलाई विशेष बनाउने तयारीमा आँचल र उदिप रहेका छन् । बिवाहको केहि समयपछि आँचलले मेरो परिवारले फिल्म बनाए नायकमा पल शाह ने हुने बताएकी थिइन् । यो बिषयले निकै चर्चा पनि पाएको थियो ।

तरपनि कुनै समय निकै जमेको पल र आँचलको जोडी बिवाहपछि भने कुनै भिडियोमा पनि सँगै देखिएका छैनन् । तर अब उनको फिल्ममा नायकमा पल शाह नै होलान या अरू कोही हुनेछ त्यो भने हेर्न बाँकि नै छ ।

कत्तिक कृष्ण पक्षको औंसीमा लक्ष्मी पूजा गरिन्छ । कात्तिक कृष्ण पक्षको औंसीको रातलाई वर्षका चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्री पनि भनिन्छ । यस दिन स्त्री जाति विशेषगरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ ।

यो रात सबैभन्दा अँध्यारो रातको रुपमा लिइन्छ । अन्धकार आकाशलाई सबैले घरघरमा दीप प्रज्वलन गरेर उज्यालो बनाई लक्ष्मीको आह्वान गरिन्छ । भगवान रामचन्द्रले आजकै दिन अयोध्याको राजाका रुपमा राज्यारोहण गरेको रामायणमा उल्लेख छ । यस्तै यमपञ्चकको पाँच दिन यमराज आफ्नी बहिनी यमुनाकहाँ बस्ने र यो समयमा मृत्यु भएकाहरू नरक जान नपर्ने विश्वास गरिन्छ । यसैको खुसीयालीमा आजको दिन दीपावली गरी मनाइने विश्वास छ ।

लक्ष्मी पूजाको दिन सुख समृद्धिको मनोकामनासहित माता लक्ष्मीको विशेष पूजाआराधना गरिन्छ । घर तथा व्यवसायको भण्डारण कक्ष, दराज आदिमा लक्ष्मीको प्रसाद चन्दन, अबिरलाई स्वस्तिक चिन्ह अंकित गर्ने प्रचलन छ । यसो गर्दा सम्पत्ति बढोत्तरी हुने विश्वास छ ।
नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ ।

७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया