बिहिबार ३० बैशाख २०७८

काठमाडौं “केपी ओली नेतृत्वको नेकपा एमाले संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरू कसैको निर्देशन नमान्‍न सांसदलाई निर्देशन दिएको छ।”

“बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहिबार बसेको बैठकले पार्टीबाहेक अरूले बोलाउने भेलामा नजानसमेत सांसदहरूलाई निर्देशन दिइएको छ।”

“बैठकले आत्मालोचनासहित संसदीय दल र पार्टीको कार्यक्रम सहभागी हुन सांसदहरूलाई आह्वान गरेको हो । बैठकले गुटगत भेला गर्ने नेताहरूलाई स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको एक सांसदले जानकारी दिए । ती सांसदका अनुसार आजको बैठकले अनुशासन उल्लंघन गर्ने सांसद्लाई कारबाही गर्न २७ जना सांसद् रहने संसदीय बोर्ड गठन गरेको हो ।”

“बोर्ड सदस्यहरुमा वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल पनि छन् । त्यस्तै, अन्य सदस्यहरुमा उपनेता सुवास नेम्वाङ, शेरवहादुर तामाङ, रघुवीर महासेठ,भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक, मुख्य सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा र राजेन्द्र राई छन् ।”

“बैठकमा नेता माधवकुमार नेपाल पक्षका अधिकांश सांसदहरु सहभागी छैनन् ।ललितपुरको सानेपामा रहेको एक होटलमा बिहीबार बिहान छलफल गरेर पहिले बालुवाटार बैठकमा जाने निर्णय गरेका उनीहरुले आन्तरिक विरोधपछि पुनः नजाने निष्कर्षमा पुगेका थिए ।”

“तर ओलीको बोलाएको संसदीय दलको बैठकमा लालबाबु पण्डित, बामदेव गौतमकी पत्नी तुल्सा थापा सहभागी भए । यस्तै नन्दा चपाईँ, गंगा चौधरी, माया ज्ञावाली, सबिना हुसैन, गोपाल बम र बिष्णु शर्मा लगायत विगतमा माधव नेपालले आफ्नो पक्षमा दाबी गरेका सांसदहरु पनि बालुवाटार बैठकमा सामेल भए ।”

मेचिमहाकालि नेट

 

३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया