शुक्रबार ३१ बैशाख २०७८

काठमाडौं : चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रहेको दोस्रो कुर्सी खरिद भएको छ।

धुमुर्स सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको रंगशालामा रहेको दोस्रो कु’र्सी पनि नेपाली क्रि’केट फ्यान अन फेसबुक ग्रुप (एनसीएफएफ) ले खरिद गरेको हो। यसअघि पनि सो समूहले ७७ नम्बरको कुर्सी ख’रिद गरेको थियो।

फेसबुकमा रहेका क्रिकेट समर्थकको समूह एनसीएफएफले सहयोग संकलन गरेर नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व’कप्तान पारस खड्काको जर्सी नम्बर ७७ को सिट आफ्नो नाममा बनाएको थियो।

सो ग्रुपले गत शनिबार कीर्ति’पुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको परिषरमा धुर्मुस सुन्तली फाउन्डेसनका प्रतिनिधि कुमार कट्टेललाई एनसीएफएफका सदस्य सञ्जिव खड्काले रू.एक लाख रुपैयाँको चेक हस्तान्त’रण गरेका थिए।

चेक हस्तान्तरण गरेसँगै ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अवधारणा अनुरूप एनसीएफएफले रंगशालामा आफ्नो उपस्थितिलाई पक्का गरेको छ। योसँगै एनसीएफएफ पनि ‘हाम्रो रगं’शालामा मेरो कु’र्सी’ अभियानमा जोडिएको छ।

नेपाली क्रिकेटको सम’र्थकहरुको सबैभन्दा ठूलो र पुरानो फेसबुक समूह (एनसीएफएफ) ले दोस्रो पनि कुर्सी खरिद गरेको हो।

दोस्रो कुर्सी समूहको नाममा गर्न आवश्यक एक लाख रकम संकलन गरिसकेको छ। २–४ दिनमै दोस्रो कु’र्सीका लागि एक लाख रुपैयाँको चेक फाउन्डेसनलाई बुझाइने सो ग्रु\पका सिनियर ए’डमिड सागर खरेलले जानकारी दिए।

‘धेरै मेम्बर साथीहरुले आफ्नो प्रिय खेलाडीको नाममा कुर्सी लिइ दिन आग्रह गर्नुभएको थियो। तर, केही प्राविधिक कारणले दोस्रो कुर्सी ‘एनसीएफएफ’कै नाममा लिने निर्णय गरिएको छ।’ खरेलले भने।

उनले दो’स्रो क’र्सी खरिदका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन्। यसका साथसाथै यो अभियानको लागि रकम संकलन बन्द गरिएको समेत उनले जा’नकारी दिए। उनले रकम सहयोग गर्न चाहनेहरूले सीधै फाउन्डेसनको खातामा जम्मा गर्नसमेत आ’ग्रह गरेका छन्।

यो अभियानमा जोडिनका लागि १ लाख रुपैयाँ ति’रेर कुर्सी आफ्नो नाममा खरिद गर्न सकिने फाउण्डेसनले जनाएको छ। फाउण्डेसनले रंग’शालामा सबैलाई अपनत्व महसुस होस् भनेर यो अभियान सञ्चानल गरेको हो। -डडेल्धुरा न्युज

१०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया