Monday, January 18

माघ ०१ गते बिहिबार , यस्तो छ तपाईको राशिफल

January 13, 2021 4424

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
बिहानको समय मध्ययम रहेकोले आफन्त तथा अग्रजसँग मनमुटाब बढ्ने योग रहेको छ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला । मध्यान्हबाट समय राम्रो रहेकोले परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
नयाँ योजना केहि दिनका लागी थाती राख्नुहोला । सहयोगी तथा आफन्तले हात झिक्नाले समस्या बढ्नेछ । धर्म सस्कृती तथा रितिरिवाज जोगाउन समय खर्चिदा राम्रो रहेको छ । पढाइ लेखाइमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –
बिहानको समय राम्रो रहेकोले भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेको छ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने छ । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
एकल तथा साझेदारि व्यवसायबाट थोरै भएपनि नाँफा कमाउन सकिनेछ । साथिभाईहरु बीच मित्रताको बन्धन कसिलो भएर जानेछ भने माया प्रेम नजिक हुन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
बिहानको समय मध्ययम रहेकोले अध्ययनमा मन जाने छैन भने प्रतिस्पर्धीहरु हावी हुनेछन् । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । मामा मावली पक्षबाट पनि सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –
हतार गरेर गरिने कुनैपनि कामको नतिजा राम्रो नआउने हुनाले काम गर्दा ख्याल गर्नुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्य तथा पेट सम्बन्धी समस्या आउन सक्छ । उपहार प्राप्तीको योग भएपनि टरेर जानेछ । माया प्रेममा सामान्य बिवाद हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आफन्त तथा मन पर्ने साथिकासाथ छोटो,रमाईलो तथा अर्थपूर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् भने प्रतिस्पर्धीहरुलाई किनारा लगाउन सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले सकारात्मक नतिजा हात पर्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बिहानको समय मध्ययम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा कुटुम्बसँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले छोटो दुरिको लाभदायी यात्राको तय गर्न सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बिहानको समय राम्रो रहेकोले राजनीति तथा खेलकुदमा समय खर्चिने हरुका लागी समय उत्तम रहेको छ । सुन्दर पहिरमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ । माया प्रेममा सामान्य मनमुटाब भएपनि अन्तत सौहार्दपूर्ण वातावरणमा समय व्यातित हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
तपाईँको चुम्बकिय ब्यात्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुनेछन् । पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । सहयोगिहरुबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बिहानको समय राम्रो रहेकोले निर्माण सामाग्रीहरुको व्यापारमा बृद्धि हुने तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा मन जानेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पशुपालन तथा कृषि क्षेत्रबाट भनेजस्तो लाभ लिन सकिनेछ । पढाइ लेखाइमा प्रगती हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । ठूलाबडाको सहयोगले रोकिएको कामहरु बन्न सक्छ । आत्मबल बढ्नेछ भने शत्रुहरू पराजित हुनेछन् ।

प्रतिकृया दिनुहोस्