सोमबार ०६ बैशाख २०७८

गोर्खा मिरकोटबाट सहयोग र न्यायको खोजिगर्दै सन्तोष देउजा समक्षसम्म आउनुभएनि कल्पना गिरि जो बिवाह बन्धनमा २०६४ सालमा बाधिनुभएको थियो ।

श्रिमानको घरमा अर्कि श्रीमती हुदाहुदै मलाई बिवाह गर्नुभएको थियो ।त्यतिबेला म लगभक १४-१५ बर्ष मात्रै लागेकि थिए भन्छिन् कल्पना ।त्यति मात्रै हैन छोरो समेत भैसकेको रहेछ ।यस्तो हुदाहुदै पनि मलाई बिवाह गर्न भन्दै उहाँ म जताजता जानेथे उतैउतै घर गए घर बन गए बन धाइरहदा अन्ततः बाध्यता बस बिवाह गर्नुपरेको बताउछिन् ।

उक्त श्रिमानको बोलाउने नाम भने जीवन गिरि हो।जीवन गिरिको जेठ्ठि श्रीमती कान्छि कल्पना ल्याएसगै जिवनलाई छोडेर हिडिन ।

लगभक १०/११ बर्षबाट साउदैमै बस्नुभएको तर ओरदोहोर भने गरिरहने कल्पनाले बताइन।जेठ्ठि पट्टिको छोरो र आफ्नो छोरी दुबैलाइ राम्रै बोर्डिङ स्कुलमा पढाएकि कल्पनाको खर्च बढेसगै श्रिमान जिवनले अब कमाइले धान्न गाह्राे भयो माइत गर बस भनिसकेपछि बिश्वास मान्दै कल्पना माइत गएर बसिन् ।

निकै समय माइतै बसिन ।बिस्तारै जिवनसगको सम्पर्क पातलिदै गयो ।जीवन नेपाल आउने कुरो बाह्य स्रोतबाट थाहा हुन आएपछि एरेपोर्टसम्म गएकि कल्पनाले श्रिमान् त भेटिन् तर सगै अर्कि एक आईमाई पनि ।ती आइमाइलाइ साथिको उपनाम दिए श्रिमानले ।त्यसपछि कल्पनाले छोरिको मुख हेरेर एकपटक गल्ति गरेको श्रिमानलाई माफि दिने सोचिन् ।गाउँ फर्किन आफू र जीवन केही दिनमा आउने आश्वासनसहित फिरेकि कल्पना अन्ततः हप्तादिन बाटो हेर्दै बितो ।हप्तादिन पछि पुगेका जिवनले नत श्रिमतिले पकाको नै खाए नत बाँस बसे नै फुत्त फुत्केका उनी फेरि कहिले फिरेनन् ।उता साथि भन्ने एयर्पोर्टकि महिलासग बिवाह गरेका रहेछन्।

थप हेर्नुस् भिडियो

 

३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया