एजेन्सी । विश्वमा कहिले काँही प्रकृतिलाई नै चुनौती दिने घटना हुन्छन् । जसले मानिसलाई निकै अचम्म बनाउँछ । हालै अमेरिकामा भएको एक घटनाले विश्वलाई अचम्म बनाएको छ । अमेरिकामा दुईवटा अनुहार भएको बिरालो जन्मिएको छ। एक महिलाले सो विरालोको भिडियो र तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेपछि निकै चर्चीत भएको छ ।
गत बुधबार ओरिजन राज्यको अल्बानिमा दुईवटा मुहार भएको बिरालो जन्मिएको हो। ति महिलाले भिडियो सार्वजनिक गर्दै भनेकी छन्, विरालोले ४ वटा बच्चा जन्माएको थियो । जसमध्य एउटा बच्चाको अनुहार २ वटा दखेको बताएकी छन् । अन्य बच्चा अरुले जिम्मा लिएको सो बच्चा आफुले राखेको उनले बताएकी छन् ।
काइल र बिजे किङ दम्पत्तिले पाल्दै आएको पोथी बिरालोले बच्चा जन्माएको थियो। तीमध्ये एक बिरालोको मुहार दुईवटा छ। वैज्ञानिक भाषामा दुईवटा मुहार भएको बिरालोको बच्चा जन्मनुलाई डिप्रोस्पस अथवा कार्नियल डुप्लिकेशन भनिन्छ। उनिहरुले भिडियोमा भनेका छन् ।
विज्ञहरुका अनुसार यस्ता बच्चा कमै मात्रामा जन्मन्छन्। हाल विश्वभर यस बिरालोको भिडियो र फोटो निकै चर्चामा छ। मानिसहरुले उक्त बिरालो खरिद गर्ने भनेर फोन र म्यासेन गरेको काइल र बिजे किङ बताउँछन्।
यद्यपी उनीहरु आफैंले उक्त बिरालो पाल्ने जनाएका छन् । उनीहरुले सो विरालो स्वास्थ्य रहेको र अन्य बच्चा सरह उसले पनि आमाको दुध खाइरहेको बताएका छन् । साथै त्यो विरालोको दुईवटै मुखले म्याउँ गर्ने र दुईवटै मुखले खाने गरेको पनि बताएका छन् ।
विरालो सार्वजनिक गर्दौ काइलले भनेकी छन्, मैले यो विरालो फेसवुकमा सार्वजनिक गर्नेवारे सोचेकी थिइन तर मेरो १४ वर्षको छोरीले यो अनौठो भएको र यसलाई सार्वजनिक गर्ने सुझाव दिएको बताइन् । उनका पति बिजेले छोरीको सो सुझाव पछि आफुले स्थानिय एक सामाजिक पेजमा सार्वजनिक गरेको बताएका छन् । आफुले सो तस्बिर र भिडियो सार्वजनिक गरेपछि चर्चीत भएको र आफुहरुलाई फोनको ओइरो लागेको पनि बताएका छन् ।
प्रतिकृया दिनुहोस्