बुधबार ०९ आषाढ २०७८

नयाँदिल्ली, ५ चैत । भारतको राजधानी नयाँदिल्लीको मजनुका टिलामा एक नेपाली महिलाको गोली हानी हत्या भएको छ ।

नुवाकोट घर भएकी ४५ वर्षीय तामाङ नयाँदिल्लीको मजनुका टिलामा व्यापार गर्दै आएकी मीना तामाङलाई लुटेराहरूले गोली हानी हत्या गरेका हुन् । गोली हान्नेले अरु कसैलाई गोली हान्दा मीनालाई लागेको हुन सक्ने जनाइएको छ ।

बुधबार बिहान करिब सात बजे मोटरसाइकलमा आएका दुई जना लुटेराले पसल लुट्न खोज्दा तामाङले प्रतिकार गर्दा उनीमाथि गोली हानेको दिल्ली प्रहरीले बताएको छ । घाइते तामाङको उपचारका क्रममा मृत्यु भएको पनि प्रहरीले जानकारी दिएको छ । प्रहरीले लुटेराहरूको खोजी भइरहेको बताएको छ ।

everestmission

१२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया