Sunday, October 25

अमलाको सेवन गर्नाले यस्ता रोगहरू जातिहुन्छन !

July 22, 2020 92

एजेन्सी: अमलामा भिटामिन सी प्रसस्तै पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ ।

भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ ।

अमलाले युवाहरुमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । तर अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ ।

प्रत्येक दिन एउटा अमला खानाले पेट सफा र कब्जियत लगायत पेटमा देखा पर्ने समस्याहरु हुन पाउदैन साथै ग्यास्ट्रिक पनि केहि हदसम्म कन्ट्रोल हुन्छ । अमलाको सेवन दैनिक गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ ।

 

 

प्रतिकृया दिनुहोस्