Saturday, November 28

पूजापछि ओइलाएको फूल कहाँ सेलाउने ? जानुहोस

August 12, 2020 72

हिन्दुधर्ममा भगवानको मुर्ती, प्रतिमा वा फोटोमा फूल अर्पण गर्ने परम्परा छ । यसरी भगवानलाई फूल अर्पण गर्दा श्रद्धालुको मनोकामना पुरा हुने धार्मिक विश्वास छ ।

मानिसहरु घरमा भगवानको मुर्ती वा प्रतिमा स्थापित गरेर फूल चढाउने गर्दछन् । तर यसरी चढाइएका फूल जलाशयमा सेलाउने चलन छ । तर कुहिएको फूल जलासयमा हाल्दा यसले फोहर हुने गर्दछ । त्यसो भए भगवानको पूजामा चढाइएको फूललाई के गर्ने ?

१. भगवानलाई चढाइएको फूल सेलाउँदा फूलको अपमान नहुने ठाउँमा राख्नुपर्छ । सकेसम्म यसलाई खुट्टाले टेक्नु हुदैन ।

२. भगवानलाई चढाएको फूल ओइलिएपछि त्यसलाई पहिले आफ्नो निधारमा टाँसेर आँगनको तुलसी वा मन्दिर परिसरको कुनै रुखको फेदमा सेलाउनुपर्छ ।

३. रुखमुनि ओइलाएको फूल राख्दा यसले रुखलाई मलको रुपमा काम गर्दछ । जसबाट रुखले पोषक तत्व पाउँछ साथै अन्यत्र फोहोर पनि हुदैँन ।

४. भगवानलाई अर्पित गरिएका सबै वस्तु पवित्र हुने भएकाले फूल समेत पवित्र मानिन्छन् । तसर्थ भगवानलाई चढाइएको फूल जहाँ पायो त्यहा फ्याकेर अपमान गर्नु हुदैन ।

५. फूल मात्र होइन भगवानलाई चढाएको प्रसाद पनि लामो समयसम्म राख्नु हुदैन । यसलाइृ पूजा समापन भए लगत्तै भक्तहरू माझ बाड्नु पर्दछ । यदि बाकीँ रहेमा कुनै पशुलाई ख्वाउनु पर्दछ ।

यो पनि समाचार पढ्नुहोस
२६ असार, काठमाडौं । यातायात व्यवसायीले कुनै हालतमा सार्वजनिक यातायात नचलाउने बताएका छन् । उनीहरुले चाबी सरकारलाई बुझाउने बताउँदै यातायात सञ्चालन गरेर देखाउन चु नौती दिएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पाँच बुँदे माग प्रस्तुत गर्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले यथास्थितिमा यातायात सञ्चालन गर्न नसकिने बताएको छ ।

महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले सरकारले पूर्व तयारीविना सार्वजनिक यातायात सञ्चालन गर्न भनेर अव्यवहारिक र ख तरनाक कदम चालेको बताए । सरकारले आफूहरुलाई कर्जा एक वर्ष पछि तिर्न मिल्ने बनाउन भन्दा पनि बेवास्ता भएको भन्दै अब कुनै हालतमा यातायात सञ्चालन गर्न सकिने अवस्था नरहेको बताए । सरकारले सञ्चालन गरेका यातायात डुबेको स्मरण गराउँदै उनले अहिले ती संस्थाहरु जग्गा विक्री गरेर खाने भाँडो बनेको उल्लेख गरे । उनले यातायात मजदुरलाई तलब दिनका लागि भएपनि कर्जा छुट, केही अनुदान र सहुलियतमा ऋणको व्यवस्थाको माग गरे ।

महासंघले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार यातायात मजदुर र आम यात्रुहरुको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, बैंक किस्ता तथा ब्याजमा पूर्ण तालिकीकरण हुनुपर्ने, कागज पत्र, कर राजश्वमा बन्दाबन्दी अवस्थाको कर छुट हुनुपर्ने, बन्दाबन्दीको अवस्थाको बिमा प्रिमियम छुट समयावधि समायोजन लगाएतमा माग अघि सारेको छ ।

प्रतिकृया दिनुहोस्