आइतबार १२ मंसिर २०७८

बुटवल ।

लुम्बिनी प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही सवार गाडीले एक मोटरसाइकललाई ठ’क्क’र दिएको छ । बिहीबार अपराह्न ५ बजेतिर मन्त्री शाही सवार भे१झ ३३१ नम्बरको गाडीले लु७८प ५६६३ मोटरसाइकललाई ठ’क्क’र दि’एको प्रहरीले जनाएको छ ।

बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा रुपन्देहीको तिलोत्तमा–३, शंकरनगरमा मन्त्री सवार गाडीले ठ’क्क’र दिँ’दा बुटवल उपमहानगरपालिका–१२, तामनगर निवासी २० वर्षीय मिगिन मगर घाइते भएका हुन् । दुर्घटनामा परी घाइते व्यक्तिको वास्ता नगरी मन्त्री शाही हतार–हतार अर्को गाडीमा चढेर पुनः भैरहवातर्फ गएको प्रत्यक्षदर्शीको भनाइ छ ।

मन्त्री शाहीले घाइतेलाई उपचारका लागि क्रिमसन अस्पताल लैजान आफूले स्वकीय सचिवलाई निर्देशन दिएको बताए । उनले आफ्नो गाडी र चालक पनि अहिले ड्राइभर टोल प्रहरी चौकीमा रहेको बताए ।

 

५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया