आइतबार १२ मंसिर २०७८

एजेन्सी । बलिउड नायक साहरुख खानका छोरा आर्यन खानले विहिवार जमानतमा रिहाइको आदेश पाएका छन् । उनलाई जमानतमा रिहा गर्न मुम्बइको उच्च न्यायलयले आदेश दिएको छ । मुम्बईको उच्च न्यायलयले विहिवार बेलुकी ५ बजे यो फैसला सुनाएको हो । उनी लामो समय देखि जेलमा थिए ।

अदालतले रिहाइको आदेश दिएपनि आज एक दिन भने हिरासतमा नै बिताउनुपर्नेछ । आर्यनको जमानतको विरोध गर्दै एएसजी अनिल सिंहले एनसीबीको तर्फबाट वकालत गरेका थिए । मंगलबारदेखि मुम्बईको उच्च न्यायलयमा यो बिषयमा बहस भएको थियो । आर्यनका वकिल मुकुल रोहतगीले बहस गरेका थिए ।

उनले, आर्यनको साथबाट केही पनि फेला नपरेको भन्दै उनलाई पक्राउ गर्नु गलत भएको बताएका थिए ।
आर्यनको साथमा पक्राउ परेका अरबाज मर्चेन्ट र मुनमुन धमीचालाई पनि जमानतमा रिहा गर्न अदालतले आदेश दिएको छ । आर्यनका वकिल मुकुलले मिडियासँग कुरा गर्दै अदालतले कुन शर्तमा जमानत दिने भन्ने बिषयमा पूर्ण फैसला भोली गर्ने बताएका छन् ।

उनले, भोली वा शनिबार आर्यन, अरबाज र मुनमुन हिरासतबाट रिहा हुने बताएका छन् । आर्यनलाई अक्टुबर २ तारिखमा एनसीबीले मुम्बइको एक क्रुज पार्टीमा सहभागी भएको समयमा पक्राउ गरेको थियो । आर्यनलाई पक्राउ गरेपछि एनसीबीको बिषयमा समेत थुप्रै बिषयहरु सार्वजनिक भैरहेका छन् ।

३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया