शुक्रबार ३१ बैशाख २०७८

काठमाडौँ, ३ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट थप ५ जना संघिय सांसदहरु प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समूहमा प्रवेश गर्नुभएको छ ।

नेकपा एमाले तथा जनताको बहुदलीय जनवाद आफ्नो मार्ग सिद्धान्त भएको साथै अबका दिनमा समेत एमालेकै अध्यक्ष ओलीको नेतृत्वमा नै सरकार सञ्चालन हुुनुपर्ने तर्कका साथ माधव समूहका ५ सांसदहरु ओली समूहको कार्यक्रममा उपस्थित हुनुभएको हो । प्रधानमन्त्री ओलीले आज वालुवाटारमा आयोजना गर्नुभएको चियापान कार्यक्रममा माधव समूहका माया ज्ञवाली न्यौपाने, बिष्णु शर्मा, गंगा चौधरी, गोपाल वम र समिना हुसेन उपस्थित हुनुभएको हो ।

अध्यक्ष ओलीले आयोजना गरेको कार्यक्रममा माधव, झलनाथ खनाल तथा बामदेव गौतमसहितको उक्त समूहले वहिस्कार गरेको थियो । चार जना प्रधानमन्त्री ओली समूहमा आएसँगै माधव समूहको पार्टीमा बाहुल्यता अत्याधिक कमजोर भएको छ । ३८ जना संघिय सांसद रहेकोमा आज ५ जना ओली समूहमा आएसँग अब ३३ जना सांसदहरु मात्र माधव समूहमा रहेका छन् । ओली समूहमा भने संघिय सांसदको संख्या बढेर ८८ जना भएका छन् ।

everestmission.com

 

९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया