Tuesday, October 27

देख्ने बित्तिकै साक्षत अनौठो नाग देवता को दर्शन सँगै ॐ लेखेर एक Share गर्नुस माता दक्षिणकालीको दर्शन गर्नुहोस, तपाईले चाहेको सबै पूरा हुनेछ

August 11, 2020 563

माता दक्षिणकालीको दर्शन गर्नुहोस, तपाईले चाहेको सबै पूरा हुनेछ!दक्षिणकाली मन्दिर राजधानी काठमाडौंबाट दक्षिण भेगमा करिब १७ किमिको दुरीमा रहेको छ। यो कालीदेवीको मन्दिर हो। यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो। यो फर्पिङको मुटुस्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो। चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ। यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन्।पहिलेपहिले यो मन्दिरमा देवीकै मुखमा नरिवल फुटाइने गरेकाले देवीका मुखाकृति केही हदसम्म बचेको छ।

यहाँ केवल एक मन्दिरमात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएको स्थल पनि छन्। राजाहरू पनि यहाँ बर्सेनि वैशाखमा आफ्नो देवाली मनाउन आउँथे। यो शान्त वातावरणमा रमेको छ।

त्यहाँ पर्यटन व्यवसाय पनि फस्टाउन सक्छ। यो मन्दिरमा बर्सेनि हजारौं भक्तजन आफ्नो मनोकाङ्क्षा पूरा गर्न आउँछन्।मूलत: दसैंको बेला यहाँ विशेष मेला लाग्छ। दसैंको नवरात्रीमा यहाँ कैयौं भक्तजनहरू हाँस, कुखुरा राँगो, बोकाको बलि दिन्छन्। यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोटले धनी छ।

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

प्रतिकृया दिनुहोस्