Sunday, November 29

क्वारेन्टिनमा बसेकी २२ वर्षीया राधा वडको करेन्ट लागेर मृत्यु, कृपया लिंक खोल्नुहोस् र रिप लेख्नुहोस् !

August 11, 2020 188

कञ्चनपुरमा क्वारेन्टिनमा बसेकी एक युवतीको करेन्ट लागेर मृत्यु भएको छ।

कृष्णपुर नगरपालिका वडा नम्वर ६ मा रहेको महाकाली माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी २२ वर्षीया राधा वडको करेन्ट लागेर मृत्यु भएको हो।

नुहाउने क्रममा पानी तान्ने मोटरबाट उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। करेन्ट लागेर घाइते भएकी वडको उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

मृतक वड श्रीमानसँग भारतको बैङ्लोरबाट आएर आजै क्वारेन्टिनमा बसेकी थिइन्।

esajha pati

प्रतिकृया दिनुहोस्