Thursday, January 21

६३८ जनामा कोरोना पुष्टि १० हजारको पीसीआर परीक्षण गर्दा , १७१ जना डिस्चार्ज

August 11, 2020 97

काठमाडौं । नेपालमा मंगलबार ६३८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले २४ घण्टामा १० हजार ४६२ जनाको पीसीआर परीक्षण गर्दा ६३८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको २३ हजार ९४८ संख्या पुगेको छ। जसमध्ये १६ हजार ६६४ जना निको भएर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १७१ जना निको भएर घर फर्किएका छन्। हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २०१ रहेको छ। यस्तै ११ हजार ५८ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालमा कोरोनाबाट हालसम्म ८३ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ।

gunjan post

प्रतिकृया दिनुहोस्