सोमबार १३ मंसिर २०७८

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्ज आसपास क्षेत्रमा पाँचजना मान्छे मारेको नरभक्षी बाघ समातिएको छ।

बुधबार राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दिया राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको संयुक्त टोलीले वयष्क भाले बाघलाई नियन्त्रणमा लिएको हो।

राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रवक्ता डा. नरेश सुवेदीका अनुसार दिउँसो बर्दियाको गेरुवा गाउपालिका वडा नम्बर ४ स्थित राजिपुर क्षेत्रबाट बाघलाई समातिएको हो। उक्त बाघले तीन महिनादेखि उक्त क्षेत्रमा आतंक मच्चाउँदै आएको थियो।

मंगलबार मात्रै पनि उसले राजिपुर क्षेत्रमा निकुञ्ज गएका एक व्यक्तिलाई मारेको थियो। नौ महिनाको अवधिमा त्यस क्षेत्रमा बाघको आक्रमणबाट १० जनाको ज्यान गएको छ। सुवेदीका अनुसार समातिएको बाघले मात्रै पाँचजनाको ज्यान लिएको छ।

उनले भने, ‘समातेको बाघको दाँत र नह्रा पनि भाँचिएको पाइएको छ। दाँत र नह्रा भाँचिदा जंगलमा सिकार गर्न नसकेपछि गाउँ पसेको अनुमान हामीले गरेका छौँ।’

संयुक्त टोलीले मान्छे मार्ने अर्को बाघ नियन्त्रणमा लिनका लागि पनि टोली परिचालन गरिसकेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज र भारत जोड्ने खाता जैविक मार्ग आपसापमा रहेको अर्को नरभक्षी बाघसमेत समातिने सुवेदीले जानकारी दिए।

deshsanchar

१४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया