Saturday, November 28

आज, मंगलबार थपिए ६ सय ३८ को रोना संक्रमित

August 11, 2020 83

मंगलबार देशका विभिन्न ठाउँमा ६ सय ३८ जना को रोनाका सं क्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ६ सय ३८ जना सं क्रमित थपिएका हुन्।

यीसहित हालसम्म सं क्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १ सय ७१ जना सं क्रमित को रोनाबाट मुक्त भएर घर फर्किएका छन्।

यीसहित हालसम्म १६ हजार ६ सय ६४ जना को रोनाबाट निको भएका छन्। विगत २४ घण्टामा १० हजार ४ सय ६२ को पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख ६२ हजार बढीको पिसिआर परीक्षण भएको छ।
मन्त्रालयका अनुसार आज को रोनाका सं क्रिय सं क्रमितको संख्या ७ हजार २ सय १ छन्।
त्यस्तै, ८३ जनाको को रोना सं क्रमणपछि मृ त्यु भएको छ।

प्रतिकृया दिनुहोस्