Friday, October 30

खुसीको खबर ! रुसले भोलि १२ अगस्टमा कोरो’ना विरु’द्धको खोप दर्ता गर्ने

August 11, 2020 174

एजेन्सी, २७ साउन । रुसले को’रोना विरु’द्धको खोप आफुले निर्माण गर्न सफल भएको दाबी गरेको छ । के अब यसले को’रोना भाइ’रस विरु’द्धको लडाँइलाई जित्नसंसारभर रुसले बनाएको भनेको यो खोपबारे निकै चर्चा चलिरहेको छ । रुसले भोलि १२ अगस्टमा कोरो’ना विरु’द्धको खोप दर्ता गर्ने जनाएको छ ।

रुसका उपस्वास्थ्य मन्त्री ओलेग ग्रीडनेभले १२ अगस्टमा को’रोना भाइर’स विरु’द्धको खोप दर्ता गर्ने र आगामी महिनाबाट उत्पादन सुरु गर्ने जानकारी दिनुभएको छ । उहाँले खोप बताउनुभयो । यो खोप रक्षा मन्त्रालय र गामलेया रिसर्च इन्स्टिच्यूटले संयुक्त रुपमा विकास गरेका हुन् ।

रुसले मानिसमा गरिएको अन्तिम चरणको खोपको परीक्षण सफल भएको र छिट्टै बजारमा खोप ल्याउने बताएको छ । जुन १८ देखि क्लिनिकल ट्रायल भएको थियो । परीक्षणमा सहभागी सबैको रोग प्रतिरक्षा विकास भएको पाइएको थियो । पहिलो चरणको परीक्षणमा सहभागि भएकालाई जुलाई १५ र दोस्रो चरणकोलाई जुलाइ २० मा डिस्चार्ज गरिएको थियो ।

स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले सेप्टेम्बरको अन्त्यसम्ममा खोपको उत्पादन हुने बताउनुभयो । संसारभर सय भन्दा बढी खोपको परीक्षण भइरहेको छ जसमा केहीको अन्तिम परीक्षण चलिरहेको छ यद्यपी हालसम्म आधिकारिक रुपमा को’रोना वि’रुद्धको खोप आइसकेको छैन ।

रुसी समाचार एजेन्सी स्पुतनिकका अनुसार इन्स्टिच्युट फर ट्रान्सलेशन मेडिसिन एन्ड बायोटेक्नोलोजीका निर्देशक वादिम तारासोवाले भन्नुभएको छ, ‘विश्वकै पहिलो कोरो’ना भाइ’रसको खोपको क्लिनिकल ट्रायल सफलतापूर्वक पुरा भएको छ ।’ उंहाका अनुसार मास्कोस्थित सरकारी मेडिकल युनिभर्सिटी सेचेनोफले उक्त परीक्षण गरेको हो । यस अनुसार को’रोना भाइ’रस वि’रुद्धको यो खोप मान्छेका लागि अब सुरक्षित छ ।

युनिभर्सिटीले १८ जुनमा रुसको गेमली इन्स्टिच्युट अफ एपिडेमियोलोजी एन्ड माइक्रोबायलोजीद्वारा निर्मित यस खोपको क्लिनिकल ट्रयल सुरु गरिएको थियो । सेचेनोफ युनिभर्सिटीका एक अर्का वरिष्ठ अधिकारी एलेक्जन्डर लुकाशेव भन्छन्, ‘खोप परीक्षणको उदेश्य यो कुरा सुनिश्चित गर्नु थियो कि खोप व्यक्तिका लागि सुरक्षित छ वा छैन । परीक्षण सफलतापूर्वक सम्पन्न भयो । यो खोप सुरक्षित रहेको हामीले पायौं ।’

अब खोप व्यापक रुपमा उत्पादन गर्नका लागि के कस्ता तयारी गर्नुपर्छ भनेर आवश्यक रणनीति तय गरिदैछ ।गत डिसेम्बरबाट देखिएको को’रोना संक्र’मणबाट संसारभर करोडौ बि’रामी छन् भने लाखौको मृ’त्यु भैसकेको छ ।

यो पनि: प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

aajnepal

प्रतिकृया दिनुहोस्