
काठमाडौंमा एक छाक खाना खानुपर्यो भने कति पैसा खर्च हुन्छ? सबैलाई लाग्छ होला १५० देखि २०० तर अहिले जम्मा ६५ रुपैयाँमा एक छाक सादा खाना खान सकिने होटेल खुलिसकेको छ। त्यो पनि दुई ठाँउमा कलन्की र अनामनगर।।
सामान्यतया सादा खाना खानुपर्यो भने कम्तिमा एक सय रूपैयाँ गो जीमा हुनैपर्छ। यो तपाई हामीले खाएको, बुझेको र सुनेको कुरा हो। तर, अब ६५ रूपैयाँ गोजीमा भयो भने पनि पेटभरी खाना खान पाइनेछ। जबकी हामिले मो मो चाउमिन खान पर्यो भने १०० रुपैयाँ खर्च गर्छौ।
काठमाडौंको अनामनगरमा बिगि मार्ट नजिकै रहेको हाम्रो टिम नेपालले खोलेको होटेलमा जम्मा ६५ रुपैयामा पेटभरी खाना खान पाइन्छ । यहाँ खाना खानको लागि दैनिक पाँच सय भन्दा बढी ग्राहकहरू आउँछन्। जो सस्तोमा गुणस्तरीय र स्वादिष्ट खाना खाएर जान्छन्। त्याहा समान्य ब्याक्ती देखि सेलिब्रेटि सम्म दैनिक जसो खाना खान पुग्ने गर्छ्न।।
एक जना ग्राहकले त्यहाँको सरसफाई, खानाको गुणस्तर र स्वादिष्टताले उनलाई यो होटल कुनै विदेशीले चलाएको जस्तो लागेको थियो।
यति कम रूपैयाँमा एकदम राम्रो खाना खुवाएको भन्दै उनले सञ्चालकहरूलाई धन्यवाद दिए।
उनीजस्तै सञ्जय चौधरी नयाँ बसपार्क क्षेत्रमा भारी बोक्ने काम गर्छन्। कोरोना महामारीका कारण अचेल उनको आम्दानी पनि निकै कम छ। आफूले कमाएको पैसाले होटलमा खाना खायो भने त घर खर्चको लागि बच्दैन। त्यसैले उनी पनि अचेल हाम्रो खाना घरका नियमित ग्राहक बनेका छ्न। साथै सबैलाई हाम्रो खाना घरको नियमित ग्राहक बन्न आग्रह गरेका छन्।
“बाहिर होटलमा सादा खाना खाँदा एक पटकमा एक सय रूपैयाँ तिर्नुपर्छ। यहाँ त त्यही सय रूपैयाँले बिहान बेलुका नै खान पाइन्छ”, सञ्जयले भने, “यसरी यहाँ खाना खान आउन थालेदेखि मैले कमाउने पैसा बचेको छ। त्यो पैसा अन्य घरखर्चका लागि प्रयोग गर्छु।”
यो होटेल माघ १७ गतेबाट सञ्चालनमा आएको थियो। कोरोना महामारीको समयमा निःशुल्क खाना तथा खाद्यान्न वितरण गर्दै आएको हाम्रो टिम नेपाल र बेलायतमा बस्दै आउनु भएकी समाज सेबि इशा गुरुङ मिलेर गैर–नाफामूलक यो होटेलको स्थापना गरेका थिए।
अहिले ग्राहकको मागलाई मध्यनजर गर्दै कलन्कीमा कलन्की सिनेमाको माथिल्लो तलामा पनि यसको शाखा बिस्तार भैसकेको छ भने निकट भबिस्यमा नेपालभरी शाखा बिस्तार गर्ने योजना भएको सन्चालकले बताए।।। हजुरलाई कस्तो लाग्यो यो समाचार सक्दो सेयर गरि सबै सामु पुराउनु होला।।।
media7post