शुक्रबार ३१ बैशाख २०७८

पोखरा – नायिका निरुता सिंहले भने जस्तो केटा नपाएर बिहे नभएको बताएकी छन् । पत्रकारले बिहे कहिले गर्ने भनेर सोधेको प्रश्नमा निरुताले केटा नै नभेटेको भन्दै टारिरहकी छन् ।

जहिले बिहे कहिले गर्ने भनेर सोधेर मात्र हुन्छ कि मिडियाकर्मी दाजुभाइले पनि खोजिदिन भन्दै उनले ठट्याैली जवाफ दिइन् ।चलचित्र ‘दाल भात तरकारी’मा काम गरेपछि नयाँ चलचित्र साइन नगरेकी निरुताले आफूलाई सुहाउँदो भूमिका आयो र चित्तवुझ्दो कथा भयो भने काम गर्ने बताएकी छन् ।

एक समयकी स्टार नायिका निरूताले लामो समयपछि दाल भात तरकारीमा काम गरेकी थिइन् । उनले नेपाली चलचित्र क्षेत्रले धेरै माया दिएको छ । नेपाल आउँदा सधै नै चलचित्र क्षेत्र र मिडियाकर्मीले सम्झेकोमा खुशी हुँदै नेपाली चलचित्र क्षेत्रमा काम गर्न म सधै तयार रहेको बताइन् ।

निरुताले नायकद्धय उत्तम प्रधान र दिलिप रायमाझीसँग मिलेर ‘दर्पणछाया फेरि’ निर्माण गर्न लागेको पनि बताइन् । कोभिडले गर्दा रोकिएकाले अब चाडै नै चलचित्रको काम अगाडि बढ्ने उनले बताइन् ।

उनि उमेरले ४८ बसन्ता पार गर्दा पनि उनले बिहे गरेकी छैनन् । ढल्किदो उमेरमा पनि उनको सुन्दरतामा भने कुनै कमि छैन ।

media7post

९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया