Friday, October 30

उदयपुर- मालपोत कार्यालयका ६ कर्मचारीसहित थप १५ जनामा कोरोना संक्रमणको पुष्टि मालपोत सेवा बन्द

August 11, 2020 47

उदयपुर-उदयपुरमा आज फेरी मालपोत कार्यालयका ६ कर्मचारीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मालपोत कार्यालयमा साउन १६ गते एक कर्मचारीमा संक्रमण भएपछि तिनै व्यक्तिको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा थप ६ कर्मचारीमा कोरोना देखिएको हो ।

थपिएका अन्य सात संक्रमित भने बेलका नगरपालिकका रहेको बताइएको छ ।कर्मचारीमा कोरोना पुष्टि भएसँगै मालपोत कार्यालयका सम्पूर्ण सेवा बन्द गरिएको छ । उदयपुरमा हालसम्म संक्रमितको संख्या १ सय ६ जना पुगेको छ ।

प्रतिकृया दिनुहोस्