केतु ग्रह आगामी महिना २३ सेप्टेम्बरको दिन धुनु राशिमा गोचर परिवर्तन गर्दैछ। केतुको गोचर परिवर्तन यो वर्षको ठूलो ज्योतिषीय घटनाक्रमहरु मध्ये एक हो। यस गोचर परिवर्तनको असर सबै राशियाहरुमा पर्नेछ। यो प्रभाव शुभ-अशुभ दुबै रूपमा हुन सक्छ। वैदिक ज्योतिषमा केतु ग्रहलाई छाया ग्रह मानिन्छ। यो मोक्ष, आध्यात्मिक र वैराग्य का कारक हो।

मेष राशि


धार्मिक कार्यमा मन लाग्नेछ। धार्मिक यात्राको योग बन्ने देखिन्छ। सांसारिक जीवन भन्दा आत्मिक जीवनमा बढी चासो रहनेछ।

वृष राशि


उच्च शिक्षाको क्षेत्रमा सफलताको सम्भावना छ। यदि तपाइँ अनुसन्धानको विद्यार्थी हुनुहुन्छ भने, गोचर परिवर्तनले शुभ फल दिनेछ। यदि तपाईं पीएचडी विद्यार्थी हुनुहुन्छ भने, यस वर्ष सफल हुन सक्नुहुन्छ। खुट्टा दुखाई को समस्या आउनसक्छ।

मिथुन राशि


कार्यक्षेत्रमा समस्या आउनसक्छ साथै उच्च पदाधिकारीसँगको सम्बन्धमा पनि गिरावट आउनसक्छ। वैवाहिक जीवनमा केहि समस्या आउलान्, पति पत्नी बीच मनमुटावको अवस्था सिर्जना हुनसक्छ।

कर्कट राशि


यो समय यस राशिको लागि अशुभ साबित हुन सक्छ। कडा परिश्रम पश्चात पनि अपेक्षाकृत सफलता नमिल्ला। शत्रु शक्तिशाली हुनेछन् र तपाईं माथि हावी हुनसक्छन्। स्वास्थ्यमा समस्या आउनसक्छ।

सिंह राशि


सन्तान सम्बन्धि कुराले मन चिन्तित रहनेछ। प्रेम सम्बन्धमा खटपट हुनसक्छ। विद्यार्थी वर्गको लागि भने यस समय निकै शुभ रहनेछ, विशेष सफलता प्राप्त हुने देखिन्छ।

कन्या राशि


आमाको स्वास्थ्यको विशेष ध्यान राख्नुहोला। वाहन तथा घर-जग्गा खरिद-बिक्री गर्दा निकै सावधान हुन जरूरी छ। स्वास्थ्यमा समस्या आउनसक्छ र कुनै कारणले मन चिन्तित रहनेछ।

तुला राशि


तपाईंको साहस तथा आत्मविश्वास कमजोर हुन सक्छ। भाइबहिनीहरूसँग पनि मतभेदको अवस्था सिर्जना हुनसक्छ। आध्यात्मिकता तर्फ आकर्षण बढ्नेछ।

वृश्चिक राशि


यस राशिका लागि यो समयमा परिस्थितिहरू प्रतिकूल हुनेछन्। धार्मिक क्षेत्रमा रुचि बढ्नेछ। साथै आध्यात्मिकता तर्फ आकर्षण बढ्नेछ।

धनु राशि


परिवारका सदस्यका साथ मदभेद हुने सम्भावना छ। कार्यक्षेत्रमा समस्याको सामना गर्नु पर्नेछ। व्यापार व्यवसायमा समय अनुकूल रहनेछ।

मकर राशि


अनावश्यक खर्च बढ्नाले आर्थिक अवस्था कमजोर हुनेछ। धानहानि हुनसक्छ। लामो दूरीको यात्राको योग बन्ने देखिन्छ। वैदेशिक क्षेत्रबाट शुभ समाचार प्राप्त हुने देखिन्छ।

कुम्भ राशि


आयमा कमी हुने सम्भावना रहेको छ। धन लाभको योग रहेको छ। दाजु- भाईसँग मदभेदको अवस्था रहेको छ। कार्यक्षेत्रमा विशेष सफलता प्राप्त हुने देखिन्छ। पदोन्नतीको योग रहेको छ।

मीन राशि


कार्यक्षेत्रमा चुनौतीको सामना गर्नु पर्ने देखिन्छ। कडा मिहेनत पश्चात पनि अपेक्षाकृत सफलता नमिल्दा मन चिन्तित रहला। शत्रुले तपाईंको छबिमा क्षति पुर्‍याउने प्रयास गर्लान, सावधान रहनुहोला।

Source bigulnews