बिहिबार ३० बैशाख २०७८

४ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतका लागि कम्फर्टेबल सरकार बनाउने अभियानमा लागेपछि उनका सल्लाहकारहरूले नै साथ छाड्न थालेका छन । प्रचण्डका एक सल्लाहकारले माओवादी केन्द्र छाडेर नेकपा एमालेका सक्रिय हुने घोषणा गरेका छन । माओवादीका केन्द्रीय सल्लाहकार प्राध्यापक श्यामसुन्दर शेर्पा नेकपा एमालेमा प्रवेश गरेका हुन ।

सल्लाहकार सदस्य प्राध्यापक श्यामसुन्दर शेर्पालाइ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा खादा ओढाएर स्वागत गरेका छन । प्रधानमन्त्री निवास बालुवाटार मै पुगेर शेर्पा एमालेमा प्रवेश गरेका हुन् । शेर्पाले माओवादी आन्दोलनको अब औचित्य नरहेको पनि बताएका छन । संखुवासभाका शेर्पा २०६४ सालअघि एमालेमै थिए । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई असफल पार्न र हटाउन प्रचण्डले एमालेभित्र समिकरण बनाउन खोज्दा आफैं झन् कमजोर बनेको शेर्पाले बताएका छन ।

dainiki.com

६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया