बुधबार ०९ आषाढ २०७८

काठमाडौं, ४ फागुन । नेकपा एमाले फुटको नजिक पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २८ फागुनमा बालुवाटारमा केन्द्रीय कमिटी बैठक राखेर विधानको बाधा अड्काउ फुकाएर अध्यक्ष र महासचिवबाहेक पदाधिकारी र स्थायी कमिटी खारेज गरेपछि विवाद चर्किएको हो ।

२८ फागुनको निर्णय फिर्ता लिन नेपाल समूहले राखेको प्रस्ताव ओलीले अस्वीकार गरेका छन् । उनले ७ फागुनमा केन्द्रीय कमिटी बैठक डाकेका छन् । त्यसमा नेपाल-खनाल समूहका नेताहरु सहभागी नहुने अवस्था देखिएको छ ।

आज नेपाल र खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला डाकेको छ । सानेपास्थित पार्टी प्यालेसमा आज र भोलि भेला राखेको हो । यो भेलाप्रति ओली समूह असन्तुष्ट छ ।ओलीले नेपाल -खनाल समूहका नेताहरुमाथि कारबाहीको चेतावनी दिएका छन् । नेपाल समूहका नेता योगेश भट्टराईले कारबाही भोग्न तयार रहेको बताइसकेका छन् ।

एकले अर्कामाथि कारबाहीको चेतावनी दिएपछि एमाले फुटको संघारमा पुगेको छ । एमालेभित्र ९औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटीमा नेपाल खनाल समूहको बहुमत थियो । केन्द्रीय कमिटीमा भने ओली झीनो मतले बहुमतमा थिए ।

यसैगरी, संसदीय दलमा ओली समूहमा ८० जना रहेका छन् । नेपाल-खनाल समूहमा ३५ को हाराहारीमा छन् । बाँकी सांसद तटस्थ भूमिकामा छन् । केन्द्रीय कमिटी र संसदीय दलको अंकगणितले निकै अर्थ राख्ने देखिन्छ । यसकारण दुवै समूह केन्द्रीय सदस्य र सांसदहरुलाई तान्न लागेका छन् ।

एमाले तीन भागमा विभाजित हुनसक्ने नेकपा एमालेको विवाद उत्कर्षमा पुगेपछि विभाजनको नजिक पुगेको छ । सहमतिको अन्तिम प्रयास समेत सफल हुन नसकेपछि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, प्रभावशाली नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल अलग अलग ढंगले सक्रिय हुन थालेका छन् । एकता अभियान चलाएका बामदेव गौतमको पनि आफ्नै रणनीति छ ।

२८ फागुनमा ओलीले अध्यक्ष र महासचिवबाहेकका निर्वाचित पदाधिकारी नै खारेज गर्न चालेको कदम नसच्चिए एमाले फुट्ने निष्कर्ष नेपाल खनाल र गौतम पक्षधरले निकालेको छ । तर, ओली चालिसकेको कदमबाट पछाडि हट्न तयार देखिएका छैनन् ।

आज नेपाल खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला ओलीका लागि चुनौती हो । ७ फागुनमा डाकिएको केन्द्रीय कमिटी बैठक नेपाल खनाल समूहमात्र नभई गौतम समूहले समेत बहिष्कार गर्न सक्छ । योसँगै एक अर्कामाथि कारबाहीको कदम चाल्न शुरु हुने देखिएको छ ।

ओलीबाट नेपाल खनाल समूह विभाजित भएमा प्रभावशाली नेता बामदेव गौतम छुट्टै दल खोल्ने रणनीति बनाएका छन् । उनी कुनैपनि समूहमा नलागी तटस्थ भूमिकामा छन् । अब उनले एकता अभियानका नाममा दल जसरी नै कदम चाल्ने तयारी गरेको बुझिएको छ ।

ओलीले नेपाल र खनाल समूहका नेताहरुमाथि कारबाहीको चेतावनी दिएका छन् । नेपाल समूहका नेता योगेश भट्टराईले कारबाही भोग्न तयार रहेको बताइसकेका छन् । कारबहीको कदम चालिएर एमाले फुट्ने निश्चित जस्तै हुने देखिन्छ ।

एमालेलाई फुटबाट जोगाउन बामदेव गौतमले अन्तिम प्रयास जारी राखेका छन् । उनले २८ फागुनमा ओलीले चालेको कदम फिर्ता लिन लगाउने प्रयास गरिरहेका छन् । तर, ओली त्यसमा पछि नहट्ने अडानमा छन् ।
बामदेव छुट्टै दल खोल्ने तयारीमा नेकपा एमालेका प्रभावशाली नेता बामदेव गौतम छुट्टै दल खोल्ने तयारीमा लागेका छन् । एमाले फुट्ने निश्चितप्रायः भएपछि उनी कुनैपनि समूहमा नलागी अलग समूह बनाएर बस्ने तयारीमा बसेका हुन् ।
गौतम सकभर फागुन २८ गते अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम सच्याउन लाग्ने गरी सक्रिय भएका छन् । ओलीले कदम सच्याएर पार्टी एक हुनसक्ने उनको बुझाई छ । अध्यक्ष र महासचिवबाहेकका निर्वाचित पदाधिकारी नै खारेज गर्ने ओलीको कदम नसच्चिए एमाले फुट्ने गौतम पक्षको निष्कर्ष रहेको छ ।

नेकपा एकता अभियानको भेलाले ओलीको कदम नसच्चिए एमाले फुट्ने र त्यतिबेला कस्तो कदम चाल्नेबारे समेत छलफल गरी सुझाव दिएको छ । जसमा एक समूहले माधव नेपाल-झलनाथ खनालको समूहमा जोडिन भनेको छ । तर, अधिकांशले एकता अभियानलाई यथावत् राखेर छुट्टै ढंगले बढ्न सम्झाएको छ ।

गौतमले पनि कुनै पनि समूहमा नलागी आफ्नो छुट्टै समूहलाई सक्रिय बनाउने तयारी गरेका छन् । त्यो अभियानमा सिमित हुने या दलका रुपमा समेत दर्ता हुनसक्ने बुझिएको छ ।

यसैगरी, नेपाल-खनाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा गौतम समूहका केही नेताहरु पनि पुगेका छन् । उनीहरु अवस्थालाई विश्लेषण गरी कदम चाल्ने गरी गौतमलाई सुझाव दिने गरी तयारीमा छन् ।

प्रस्तावित न्यायाधीशद्वयको सुनुुवाइ प्रक्रिया शुुरु सङ्घीय संसद् संसदीय सुुनुुवाइ समितिले सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुुनुुवाइ प्रक्रिया शुुरु गरेको छ । समितिको आजको बैठकले उनीहरुको संसदीय सुुनुुवाइबारे सर्वसाधारणलाई जानकारी गराउन र त्यस सम्बन्धमा कुनै गुुनासो एवं उजूरी भए समितिलाई जानकारी दिन सरकारी सञ्चारमाध्यममा १० दिने सूूचना प्रकाशन गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

न्यायाधीश चुुडाल हाल उच्च अदालत पाटन र सुवेदी उच्च अदातल सुुर्खेतमा मुुख्य न्यायाधीश छन् । न्याय परिषद्को फागुन २८ गतेको बैठकले उनीहरुलाई सर्वाेच्च अदालतका न्यायाधीशमा नियुुक्तिका लागि सिफारिश गरी संसदीय सुुनुवाइका लागि संसद् सचिवालयलाई जानकारी पठाएको थियो ।

उच्च अदालतमा कार्यरत मुुख्य न्यायाधीशमध्ये न्यायाधीशका लागि आवश्यक सेवावधि, शैक्षिक योग्यता, कार्यसम्पादन, वरिष्ठता, अनुुभव, विषयवस्तुुको ज्ञान, कार्यकुशलता, इमान्दारी, निष्पक्षता र नैतिक आचरण, न्यायिक क्षेत्रमा पुु¥याएको योगदान र प्राप्त ख्यातिका आधारमा तुलनात्मकरुपमा योग्यतम देखिएकालाई सर्वाेच्च अदालतका न्यायाधीशमा सिफारिश गरिएको परिषद्ले जनाएको छ ।

समितिले प्राप्त उजूरीमाथि छानबिन गरी प्रस्तावित न्यायाधीशको संसदीय सुुनुुवाइमार्फत योग्यता, क्षमता, आचरण र भावी कार्यदिशाबारे जानकारी लिएपछि नाम अनुुमोदन गर्ने वा नगर्ने भनी निर्णय लिनेछ ।

eonlinenews

६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया