Friday, October 23

गोंगबु हत्या प्रकरणमा एक महिला र उनकी १५ वर्षीया छोरीलाई प्रहरीले सार्वजनिक गरेको छ : ‘अपरेसन जोजो’

August 11, 2020 56

काठमाडौं : दाङका कृष्णबहादुर बोहराको हत्या अभियोगमा पक्राउ परेकी एक महिला र उनकी १५ वर्षीया छोरीलाई प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौं महानगरीय प्रहरी परिसरमा हत्या आरोप लागेका चितवनकी कल्पना मुडभरी(पौडेल) र उनकी छोरीलाई प्रहरीले सार्वजनिक गरेको हो।

प्रहरीले कल्पना र उनकी छोरीलाई चितवनबाट पक्राउ गरेर ल्याएको हो। कल्पनाकी छोरीले शव व्यवस्थापन सहयोग गरेको खुलेको छ।

प्रहरीको टोलीले चितवन टाँडीस्थित माधवपुरबाट कल्पनासहित उनका दुई नाबलक छोराछोरीलाई काठमाडौं ल्याएको जनाएको छ। कल्पनाले हत्या स्विकार गरिसकेकी छिन्।

बोहराले सामाजिक सञ्जालमामा फेक आइडी बनाएर बदनाम गराउन खोजेपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको महनगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले बताए।

शनिवार बोहरा कल्पनाको गोंगबुमा रहेको डेरामा पुगेका थिए। कोठामा पुगेको केही समयमा उनीहरुबीच विवाद भएपछि हत्या भएको देखिएको छ। प्रहरीको अनुसन्धानले हत्या लेनदेन र यौनसँग जोडिएको देखाएको छ।

कल्पनाले डेरामा पुगेपछि दही, चिउरा र मासु खुवाएको देखिएको छ। दहीमा स्लिपिङ ट्याब्लेट खुवाएर सुताएको देखिएको प्रहरीले जनाएको छ। लगत्तै सलले घाँटी बाँधेर काटेको देखिएको प्रहरीले जनाएको छ।

बोहरा र कल्पनाको तीन चार वर्षअघि देखि नै सामाजिक सञ्जाल फेसबुकमा चिनजान भएको देखिएको छ।

आइतवार काठमाडौंको गोंगबु गणेशस्थान नजिकैको नवज्योति मार्गमा कालोरंगको सुटकेसभित्र टाउको र खुट्टा काटिएको शव फेला परेको थियो। त्यसको करिब ३ सय मिटरमा झोलाभित्र खुट्टा र टाउको फेला परेको थियो। एक दिनसम्म शवको पहिचान हुन सकेन।

चितवन घर भएकी कल्पना काठमाडौंमा छोरी र छोरासँगै बस्दै आएकी थिइन्। उनी कलाकारसमेत भएको खुलेको छ। मृतक बोहरा केही समयदेखि मित्रनगरको एक होटेलमा बस्दै आएका थिए। उनी शनिवारमात्र दुई दिनको लागि होटेलमा नआउने भन्दै निस्किएका थिए।

बोहराको हत्या गरेपछि कोठामा रहेको खुर्पाले काटेर सुटकेसमा हालेर फ्याँलेको बयान दिएकी छिन्।

हत्या गरेपछि बिहानै उनी चितन गएको देखिएको छ। एम्बुलेन्स प्रयोग गरेर चितवन पुगेकी थिइन्। आफन्त एम्बुलेन्स चालक भएकाले आफन्तलाई बोलाएर एम्बुलेन्समा भएको एक प्रहरी अधिकृतले बताए।

कल्पनाको श्रीमान भने विदेश गएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

प्रहरीले ‘क्लु’ भेट्न नसकेको गोंगबु विभत्स हत्या : नाम्लोले डोहोर्‍याएको ‘जोजो’को अनुसन्धान

pahilo post

प्रतिकृया दिनुहोस्