Saturday, October 24

नेपालमा मंगलबार बिहानै ६३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ-कहाँ संक्रमित?

August 11, 2020 151

काठमाडौं, २७ साउन : नेपालमा मंगलबार बिहानै ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित गण्डकी प्रदेश र प्रदेश २ का हुन् ।

नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा ९ प्रहरीसहित ५५ जनामा कोरोना पुष्टि भएको छ । वडा प्रहरी कार्यालय विर्ताका ८ र जिल्ला प्रहरी कार्यालय पर्साका एक जना गरी ९ जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका चिकित्सक डा. निरजकुमार सिंहले जानकारी दिए ।

अस्पतालका अनुसार संक्रमितमध्ये ३ जना बारा स्थायी घर भएका हुन् । संक्रमित ५५ मध्ये १७ जना महिला हुन् । ५ जना संक्रमितमा ज्वरो र खोकीको लक्षण देखिएको छ । सोमबार राति संक्रमण पुष्टि भएका ५५ जनामध्ये १० जना संक्रमित वीरगन्ज महानगरपालिका-४ विर्ताका बासिन्दा हुन् । ५ जना संक्रमित वीरगन्ज(१ छपकैयाका र ३ जना संक्रमित माइस्थानका हुन् ।

अन्य संक्रमित वीरगन्जको रामटोल, आदर्शनगर, रेशमकोठी, भिस्वा, लिंकरोड, मुर्लीका बासिन्दा हुन् । १ जना संक्रमित भने पर्साको धोबनी गाउँपालिकाका हुन् । नारायणी अस्पतालका थप ५ जना स्टाफमा पनि कोरोना पोजिटिभ देखिएको छ ।

कृषि सामग्री प्रालिका १ जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । त्यस्तै, क्षयरोग उपचार केन्द्र पोखरामा परीक्षण गर्दा गण्डकी प्रदेशमा थप ८ जनामा संक्रमण देखिएको छ । नयाँ संक्रमितमा कास्कीका ४, बागलुङ र तनहुँका २-२ जना रहेका छन् ।

सबै संक्रमित व्यक्तिलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ३१ पुगेको छ ।

bajhang news

प्रतिकृया दिनुहोस्