आइतबार १२ मंसिर २०७८

झिम्पेलैसेका लागि हिडेको ना ७ख७१८९ नम्वरको वस झिम्पे दारिमजिउलामा शनिबार दुर्घटना भएको हो ।

वसमा सवार २१ यात्रु मध्ये १३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाईतेलाई उपचारका लागि सल्यान श्रीनगरमा रहेको नीजि तथा सामुदायिक अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले वताउनुभयो ।

उहाँकाअनुसार घाईतेलाई थप उपचारका लागि अस्पताल पठाइएको भएपनि घटनाको पूर्ण विवरण आउन बाँकी रहेको बताउनुभयो । वस सडकभन्दा अन्दाजी २५ मिटर तल खेतमा खसेको छ । दुर्घटना कसरी भयो भन्ने अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । गोरखापत्र दैनिक

६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया