Monday, January 25

राति सुतेका बेला घर भत्किँदा एकै परिवारराका ४ जनाको ज्यान गयो

August 11, 2020 155

२७ साउन, डोटी । डोटीको आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । पाँच जना घा’इते भएका छन् ।स्थानीय गोविन्द पार्कीले दिएको जानकारी अनुसार गएराति करिब एक बजे स्थानीय अन्दाजी ३२ वर्षीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको मृ’त्यु भएको हो ।

घटनामा लोगे, उनकी आमा ताना लुहार र एक छोरी घाइते भएका छन् । यस्तै भेटघाट गर्न आएका लोगेकी सासु आमा र साला पनि घा’इते भएका छन् । घा’इतेहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार पछि थप उपचारका सदरमुकाम ल्याइँदैछ । राति सुतेका बेला घर भत्किँदा ठूलो क्षति भएको घाइ’ते हरुको उद्धारमा संलग्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आदर्श गाउँ कमिटी अध्यक्षसमेत रहेका गोविन्द पार्कीले जानकारी दिए ।

प्र’हरी घटनास्थलमा पुगिसकेको जिल्ला प्र’हरी कार्यालय डोटीका प्र’हरी नायव उपरीक्षक इन्द्र मल्लले जानकारी दिए ।उनले घर भत्किँदा चार जनाको ज्यान गएको खबर पुष्टि गरेका छन् । तर घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको मल्ल बताउँछन् । उनले भने, ‘तीन तले घर रहेछ, भत्कन लागे पछि भागेर आँगनमा पुग्दासम्म भत्किसकेपछि पुरिएर मृ’त्यु भएको भन्ने आएको छ ।

Satyakura

 

प्रतिकृया दिनुहोस्