बिहिबार ३० बैशाख २०७८

एजेन्सी । अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिई सकेका भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनी अहिले पनि टि-२० अन्तराष्ट्रियमा विश्वकै सफल कप्तानको रुपमा रहेका छन् । उनको कप्तानीमा भारतले खेलको ७२ खेल मध्ये ४१ मा जित हात पारेको छ ।

तर, धोनीको उक्त किर्तिमान टुटने सम्भावना रहेको छ । अफगानिस्तान कप्तान असगर अफगान यो महिनामै धोनी भन्दा अगाडी निस्कने सम्भावना देखिएको छ । असगरले अहिलेसम्म ४९ खेलमा अफगानिस्तान लागि कप्तानी गरेका छन् ।

जसमध्ये ३९ खेलमा उनले जित हात पारेका छन् । अफगानिस्तानले युएईमा १७ मार्च देखि जिम्बाबे विरुद्व तिन खेलको टि-२० सिरिज खेल्दै छ । यदि अफगानिस्तानले यो सिरिज क्लीन स्वीप गरेको खण्डमा असगर विश्वकै सबैभन्दा सफल टि-२० अन्तराष्ट्रिय कप्तान बन्ने छन् ।

news18nepal

१०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया