बिहिबार ३० बैशाख २०७८

काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता माधवकुमार नेपालले सर्वोच्च अदालतले एमाले ब्युँताएपछि नयाँ शिराबाट जान ६ वटा प्रस्ताव गरिएको बताएका छन् । आफूहरूले राखेका प्रस्ताव प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नमानेपछि कार्यकर्ता भेला आयोजना गर्नु परेको उनले बताए ।

ललितपुरमा बुधवार आफूपक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओलीले पार्टीमा एकलौटी ढंगले निर्णय गरेपछि कार्यकर्ता भेला गर्नु परेको बताएका हुन् । नेपालले अहिले पनि आफूहरू मिलेर अगाडि बढ्न चाहेको बताए । नेता नेपालका अनुसार उनीहरूले अध्यक्ष ओलीसँग ६ वटा प्रस्ताव राखेका थिए ।

१. एमालेको संगठनात्मक संरचना, राजनीतिक मान्यता, नेतृत्वहरू पूर्ववत् अवस्थामा यथावत रहनेछन् ।
२. पार्टीलाई विधि र पद्धतिको आधारमा सञ्चालन गर्नुपर्छ ।
३. पार्टीका बैठक कसैको निवास या सरकारी निवासमा होइन पार्टी कार्यालयमा हुनुपर्छ ।
४. सिंगो कम्युनिस्ट आन्दोलनलाई एकजुट बनाउन पहल गर्ने ।
५. वामपन्थी नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने ।
६. पार्टीको मार्गदर्शनमा सरकार सञ्चालन गर्नुपर्ने ।

news18nepal

५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया