बिहिबार १४ साउन २०७८

फागुन १४ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । व्व्यापार तथा उद्योग तर्फ सामान्य फाइदाको योग छ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान । धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिने छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अनावश्यक झमेलामा परिएला । खानामा सावधान रहनु होला । खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । काम गर्न जाँगर चल्नेछ । उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । अचानक उपहार मिल्ने योग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । व्यापारमा फाइदै हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
लामो यात्राको योग छ । साथै, धनमाल कमाउने दिन छ । कमाइ रामै्रसँग हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
मनमा चिन्ता बढने योग छ । साथै, धनमाल हराउन सक्छ । समय त्यति राम्रो छैन । गलत विचार बढ्ने छ । समयमा सहि निर्णय गर्न सकिदैन । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
भाग्यले साथ दिने छैन । खर्च बढ्ने, लेन देनमा विबाद बढ्नेछ संयम भएर काम गर्नुहोला । व्यवहारिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरु पनि बन्नेछन् । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यापारमा सफलता पाउनुहोला । यात्रा गर्ने अवसर पनि मिल्नेछ । आज तपाइको खर्च भन्दा कमाइ नै बढी हुने योग छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अधुरा काम बन्ने योग छ । नोकरी तथा राजनितीमा सफल भइएला । पैसा कमाउने योग छ । साथै पारिवारिक सुख मिल्ने दिन छ । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
परिश्रमले काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ । निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथी भाइबाट धोका होला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यापारमा सफलता पाउने, यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ । केहीले सम्मान गर्नेछन् । केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ । कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ ।

 

४८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया