Thursday, October 29

अचम्मको झरना, जहाँ बषौदेखि आगो बलिरहेको छ ॐ लेखेर एक Share गर्नुस ;अधुरो काम बन्नेछ।

August 11, 2020 365

एजेन्सी – यो संसार धेरै रहस्यमयी चिजहरु छन् । केही पत्ता लागेका छन् केही बाँकी । सुन्दा र देख्दा नै अचम्म लाग्ने घटनाले मानिसहरुलाई चकित तुल्याउँछ । यस्तै एउटा अचम्को झरना छ जहाँ आगो निरन्तर बलिरहन्छ ।

एउटा रहस्यमय ढुङ्गाको माथिबाट लगातार झरना बगिरहन्छ तैपनि झरनाको ठिक तल कयौँ वर्षदेखि आगो बलिरहेको छ ।यो झरना न्युयोर्कको चेस्टनट रिज काउन्टी पार्कमा पर्छ । जसलाई आजभोलि एटरनल फ्लेम भनिन्छ । यो झरनाको विशेषता भनेको यहाँ वर्ष भरि पानी बगिरहन्छ र यसको ठ्याक्कै तल आगो बलिरहन्छ ।

स्थानीयहरुले यसलाई दैवी चमत्कार मान्छन् । उनीहरुको मान्यता के छ भने यो आगो उतिखेर निभ्ने छ जब धर्तिमा महाप्रलय आउनेछ ।यो आगोलाई हेर्न मानिसहरु टाढा टाढाबाट आउने गर्छन् ।

यो आगोको बारेमा भारतको एउटा विश्वविद्यालयका वैज्ञानिकहरुले एक अनुसन्धान पनि गरेको छ ।
खोजपछि वैज्ञानिकहरुले ढुङ्गाको भित्रिबाट मिथेन ग्यास निस्कने दावी गरेका छन् । सोही कारण आगो निरन्तर बलेको हुनुपर्छ ।

यो पनि पढ्नुहोस

गाजर तपाईंलाई कतिको मन पर्छ ? यदी मन पर्दैन भने पनि मन पराउन थाल्नुहोस् । गाजरका फाइदा यति धेरै छन कि तपाईंले नखाइ धरै पाउनु हुन्न ।

नियमित गाजर खानेका लागि यो स्वादिलो पनि छ । सलाद होस् वा अचार वा तरकारी । जे सुकैको रुपमा खाए पनि गाजरले जिउलाई स्वस्थ बनाउन सहयोग गर्दछ ।

गाजर नियमित खानुका फाइदा यी हुन्:

· रक्तअल्पताको समस्या भोगिरहेकाहरुका लागि गाजरको नियमित सेवन रामवाण बन्दछ । गाजरले शरीरमा रगतको उत्पादन बढाउँछ । यसमा भिटामिन ए, बी, सी, डी, इ तथा के समेत पाइन्छ । काँचो गाजर खानाले रजश्वलाका क्रममा हुने दुखाई पनि कम हुन्छ । त्यस्तै भिटामिन ए भरपूर हुनाले गर्दा आँखाको ज्योति तेज पार्नमा पनि सहयोग गर्दछ र रतन्धोबाट बचाउन मद्दत गर्छ ।

· गाजरको नियमित सेवनले रगतलाई बढि गाढा हुनबाट रोक्दछ । जसका कारण मुटुरोगको जोखिम कम हुन्छ । मुटुको चाल अनियमित हुने समस्या भएकाहरुले पर्याप्त मात्रामा गाजर खाँदा फाइदा पुग्दछ ।

· नियमित रुपमा गाजर खानाले खोकी, दम तथा पिसाब पोल्नेजस्ता समस्याबाट छुटकारा पाउन सहयोग मिल्दछ । गाजर खानाले स्वासनलीमा जमेको खोकी बाहिर निकाल्न समेत मद्दत पुग्दछ ।

· तपाईंलाई धेरै पाद आइरहने समस्या छ ? यदि त्यसो हो भने एक कप गाजरको रसमा दुई चम्चा काउलीको रस मिलाएर पिउनुहोस् । त्यसले ग्यास आइरहने समस्याबाट मुक्ति दिलाउछ ।

· गाजरमा पर्याप्त एन्टिअक्सिडेन्ट तत्व पाइन्छ । त्यसले यसको नियमित सेवनले छाला स्वस्थ तथा चमकदार बन्नुका साथै ढल्कँदो उमेरको नकारात्मक असर पनि कम गर्दछ । साथै यसले क्यान्सरजन्य रोगहरुको जोखिम पनि कम गर्दछ ।

प्रतिकृया दिनुहोस्