बिहिबार १६ मंसिर २०७८

काठमाडौं ३ चैत सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । आज दिउँसो मंगलबार बा १७ च १११७ जिप सदरमुकामबाट कमलामाई नगरपालिका(७ बाँसकटेरी गइरहेको अवस्थामा घुम्ती मोड्ने क्रममा दुर्घटना भएको हो । मृत्यु हुनेहरुमा कमलामाई(७का ६५ वर्षीय रुद्रबहादुर थापा,१८ वर्षीया रिता यसमाली,१९ वर्षीया दुर्गा श्रेष्ठ र उनको दुई वर्षको छोरा मनिष श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । चालकसहित सात जनाको घाइतेको अवस्था पनि गम्भिर भएकाले उपचारको लागि काठमाडौं पठाउने तयारी भइरहेको बुझिएको छ ।

यो पनि पढ्नुहोस् :सुदूरपश्चिम प्रदेशसभा बैठकमा विधेयक पेश-सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड स्थापना र व्यवस्थापन गर्न बनेको विधेकयक २०७७’ पेश भएको छ । प्रदेशसभाको सामाजिक विकास समितिमा दफावार छलफल भई तयार पारिएको उक्त विधेयकको प्रतिवेदन समितिका सभापति कुन्ती जोशीले पेश गर्नुभएको थियो ।

बैठक प्रारम्भ हुनासाथ ढ्यापढ्यापे समय लिएर प्रदेशसभा सदस्य शान्ति नेपालीले कञ्चनपुरको वेदकोट नगरपालिका–५ का वडाध्यक्ष साङ्घातिक आक्रमणबाट घाइते हुनुभएको भन्दै आक्रमणकारीलाई कानूनबमोजिम कारवाही गर्न ध्यानाकर्षण गराउनुभयो ।

यसैबीच प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले साविकको, नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० ब्यूँतिएको घटनाले प्रदेश सभाको बैठक सञ्चालनमा अहिलेसम्म त्यस्तो कुनै प्रभाव नपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विधेयक दर्ता भइरहेका छन्, अन्य प्रदेशमा प्रदेशसभाको बैठक नचलल्दा सुदूरपश्चिम प्रदेशसभाको बैठक नियमितरुपमा चलेको छ ।”

यो पनि पढ्नुहोस्:खानेपानीको समस्या-गर्मीयाम शुरु भएसँगै डोटीमा खानेपानीको समस्या बढ्दै गएको छ । जिल्ला सदरमुकाम तथा पुरानो क्षेत्रीय क्षेत्रीय सदरमुकाम दिपायल, राजपुरलगायतका क्षेत्रमा खानेपानीको समस्या उत्पन्न भएको हो । खानेपानीको समस्या शुरु भएपछि यहाँका होटेल व्यवसायी सबैभन्दा बढी मर्कामा परेको पातली होटेल दिपायल पिपल्लाका सञ्चालक मोहनबहादुर पातलीले बताउनुभयो ।

 

३५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया