शनिबार १८ मंसिर २०७८

भनिन्छ- उद्देश्य के लिनु उडी छुनु चन्द्र एक। साँच्चै हो पनि। हामी जत्तो लक्ष्य राख्छौँ त्यही अनुसारको सफलता मिल्ने हो। सानो लक्ष्य राखेर ठूलो सफलता कहिल्यै प्राप्त हुँदैन। यस्तै ठूलो लक्ष्य लिएर पनि सफलतापूर्वक पूरा गर्ने मान्छे हुन् सुशिला । अर्थात् सुशिला ढकाल (४१)।

साना साना लक्ष्य लिएर बाँच्नु भन्दा ठूलै लक्ष्यमा सफल हुने भन्दै उनले कठिन बाटो रोजिन्। लक्ष्य सानो भएर कोही बर्बाद नै त हुँदैन। तर, बर्बाद त त्यतिबेला हुन्छ जब लक्ष्य सानो हुन्छ र फल पनि सानै हुन्छ।

जन्मिँदै दुवै हात नभएकी सुशिलाले ०६५ सालमा लोकसेवा आयोगले आवेदन खोल्दा नायब सुब्बाका लागि परीक्षा दिइन्। अपांगको कोटामा अन्य ५ जना उनका प्रतिस्पर्धी थिए। त्यसका लागि अपांगमैत्री कम्प्युटर कक्षामा भर्ना भइन्।

परीक्षामा सबैलाई पछि पार्दै लोकसेवामा नाम निकालेपछि उनले २०६६ वैशाख ९ मा नायब सुब्बाको नियुक्ति लिइन्। उनको पहिलो पोस्टिङ आन्तरिक राजस्व कार्यालय हेटौँडा, मकवानपुरमा भयो। नियुक्ति लिए पनि त्यहाँ गएर काम गर्न असम्भव भएकाले आन्तरिक राजस्व विभागमा अनुरोध गरेपछि आठ महिना ललितपुरमा काम गरिन्।

१२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया