Sunday, October 25

नेपालमै पहिलो पटक, ५ केजीको बच्चा जन्मियो; महान आमालाई सलाम…

August 10, 2020 78

भरतपुरस्थित चितवन मेडिकल कलेजमा एक महिलाले ५ किलो ५० ग्राम तौलको बच्चालाई ज न्म दिएकी छन्।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ शिखरपानीकी ३० वर्षीया सिता लोप्चन डिम्डुङ आइतबार स्वास्थ्य जाँ चका लागि अस्पताल आइपुगेकी थिइन्। त त्कालै भि डियो एक्स-रे गर्दा बच्चाको तौल साढे ४ किलोभन्दा बढी देखिएपछि चिकित्सकहरुले श ल्यक्रि या गर्नुपर्ने निर्णय गरेका थिए।

सोमबार विहान करिब ९ बजे श ल्यक्रि यामार्फत बच्चा (छोरी) लाई जन्म दिएको अस्पतालका स्त्री तथा प्र सुती रो ग वि शेषज्ञ डा. वसन्त शर्माले जानकारी दिए। डा. वन्दना खनाल, डा. प्रेक्षा सिंह र डा. रेनुका ताम्राकारसहितको टोलीले श ल्यक्रि या गरेको थियो।

डा. शर्माकाअनुसार भिडियो एक्स–रे गर्दा साढे ४ किलो भन्दा बढी तौलको बच्चा देखिए श ल्यक्रिया गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ। आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो छ।

करिब ५ वर्षदेखि उक्त अस्पतालमा काम गर्दै आएका डा. शर्माले यति धेरै तौ लको बच्चा अहिले सम्म नदेखेको बताए। ‘यसअघि ४ किलो आठ सय ग्रामसम्मका बच्चा त देखेको हो तर ५ किलो भन्दा बढी तौल भएको बच्चा त पहिलो पटक देखियो’, उनले भने।

प्रतिकृया दिनुहोस्